अनेरास्ववियु बैजनाथको अध्यक्षमा चन्द




काेहलपुर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बैजनाथ गाउँपालिकाको अध्यक्षमा कृष्ण चन्द ठकुरी चयन भएका छन् । गाउँपालिकाको प्रथम सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालको प्रमुख अतिथ्यतामा कृष्ण चन्द ठकुरीको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन भएको छ ।

जसमा उपाध्यक्षमा गणेश कठायत, सचीवमा पुष्कर शाही, उपसचिवमा रेनुका भण्डारी, अनुज जंग शाही र रितु सुनार र कोषाध्यक्षमा कृतिका सुनार चयन भएका हुन् ।

यस्तै प्रथम सम्मेलनमा कुमार कक्षपती, भिम वली, घननाथ खनाल, प्रेम सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रममा मन्तव्य बाँके जिल्लाका अनेरास्ववियु सह-सचिव विकास विक्रम केसी राखेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार