लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुधबारदेखि थप ४ प्रकारका सेवा थप गरेको छ । बुधबार एक समारोहका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमर्जेन्सी सेवाको शुभारम्भ गरेका हुन् ।

सो क्रममा बोल्दै मन्त्रीले लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै प्रदेश लोक सेवा आयोगको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको गुनासो गरे ।

मन्त्रालयका सचिव बिकास देवकोटाले लुम्बिनी प्रादेशिक अस्पताललाई सोही अनुसार सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान दिन आग्रह गरे । अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पताललाई प्रदेशकै गौरवका रुपमा बिकास गर्ने लक्ष्य प्रस्तुत गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकालले उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्यका लागि ट्रमा वार्ड स्थापना गरिएको बताए ।