Kohalpur Today Header Ads

संसदीय खुलापन तथा नागरिक संलग्नता विषयक अन्तक्रिर्या सम्पन्न




सुदम शर्मा, कर्णाली ब्युरो । संसदीय खुलापन तथा नागरिक संलग्नता विषयक अन्तरक्रिया सुर्खेतमा सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयको संयोजन र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आयोजनामा विहिवार वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सरोकारवाला पक्षका बीच संसदीय खुलापन तथा नागरिक संलग्नता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


नेपालका लागि नर्वेका महामहिम राजदूत डाग्नी म्योस र युएनडीपीका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको मोकोसुका सहित सहभागीहरुका बीच विभिन्न क्षेत्रका प्रतिनिधिहरु सम्मिलित प्यानल डिस्कसन कार्यक्रम सम्पन्न गरिएको हो ।  उक्त कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यले गरेका थिए

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok
काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार