सुदम शर्मा, कर्णाली ब्युरो । संसदीय खुलापन तथा नागरिक संलग्नता विषयक अन्तरक्रिया सुर्खेतमा सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयको संयोजन र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आयोजनामा विहिवार वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सरोकारवाला पक्षका बीच संसदीय खुलापन तथा नागरिक संलग्नता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपालका लागि नर्वेका महामहिम राजदूत डाग्नी म्योस र युएनडीपीका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको मोकोसुका सहित सहभागीहरुका बीच विभिन्न क्षेत्रका प्रतिनिधिहरु सम्मिलित प्यानल डिस्कसन कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यले गरेका थिए
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्