स्वास्थ्यकर्मीलाई परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचनाबारे अपडेट गराउँदै कोहलपुर

नेपालगन्ज ।

कोहलपुर नगरपालिकाको कोभिड-१९ भ्याक्सिनको डिजिटाइजेशन तथा क्यु.आर.कोड प्रमाणीकरण सम्बन्धी तीन दिने तालिम आज सकिएको छ ।

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित तालिममा परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचनाबारे अपडेट गराइ प्रतिवेदनलाई सहज बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधार र सेवा प्रबाहलाई सेवामैत्री बनाउने गरि काम गरिरहेको बताए ।

उनले स्वास्थ्य संस्थामा तथ्यांक संकलनलाई व्यवस्थित बनाउने सवालमा तालिम उपयोगी भएको बिश्वास व्यक्त गरे ।

यस्तै स्वास्थ्य शाखा अधिकृत अनिल सेन ठकुरीले तथ्यांकलाई भरपर्दो र विश्वसनिय बनाउन पनि तालिम उपयोगी भएको बताए ।

यसैगरी तालिममा सहभागी सिनियर अनमी निरीक्षक राधिका गैरेले तालिमपछि तथ्यांक संकलन, त्यसको व्यवस्थापनमा ठूलो सहजता मिलेको बताए ।

तालिमको स्वास्थ्य कार्यालय बाँकेका तथ्यांक अधिकृत बिकल्प चौधरी, मलेरिया इनेस्पेक्टर निरीक्षक दुर्गा गौतम लगायतले सहजीकरण गरे  । तालिममा नगरक विभिन्न स्वास्थ्य संस्था आवद्ध प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।