गठबन्धनलाई पराजित गरी बहुमत ल्याउछौं : एमाले महासचिव शंकर

नेपालगन्ज ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रको निर्माणका लागि नेकपा एमालेले जित्न जरुरी रहेको बताएका छन् ।

उनले विकासको नेतृत्व नेकपा एमाले गर्ने भएकाले चुनावीको उद्देश्य देश विकास नै भएकाले जनतालाई उद्देश्य बुझाउनु पर्नेमा जोड दिए ।

उनले नेकपा एमाले बोकेको नीति र उद्देश्य जनतालाई बुझाउँदै ८ लाख पार्टी सदस्यले काम गर्ने हो भने नेकपा एमाले एक्लैले गठबन्धनलाई पराजित गरी बहुमत ल्याउने बताए ।

देश बनाउनका लागि जनमत प्राप्त गर्न जरुरी रहेको उल्लेख गर्दै महासचिव पोख्रेलले नेकपा एमालेको सरकार आएको खण्डमा विकासको आयम ल्याउने उल्लेख गरे ।

नेकपा एमाले बाँकेले आज नेपालगन्जमा आयोजना गरेको निर्वाचन अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले मंसिर ४ गतेको निर्वाचन व्यक्तिको जित हारको निर्वाचन मात्र नभई राष्ट्रको भाग्य र भविष्यसंग जोडिएको निर्वाचनका रुपमा विशलेषण गर्न जरुरी रहेको बताए ।

सो अवसरमा महासचिव पोख्रेलले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश नेता कार्यकर्तालाई स्वागतसमेत गरेका थिए ।