कर्णाली प्रदेश स्तरीय सटफुट प्रतियोगितामा रुकुम पश्चिमका खेलाडी प्रथम र द्धितिय

शुदाम शर्मा । रुकुम पश्चिम

कर्णाली प्रदेश स्तरीय सटफुटको छनौट राजधानी सुर्खेतमा सञ्चालन भएको खेलमा रुकुम पश्चिमका खेलाडी प्रथम र द्धितिय भएका छन् ।

१८ पाउण्डको सटफुटमा सन्देश विक प्रथम भएका हुन् भने रुकुम पश्चिमकै बालकुमार नकाल द्धितिय भए । प्रथम भएका सन्देशले सटफुट १०.५९ मिटर टाढा फालेका थिए भने द्धितिय बनेका बालकुमारले १०.५० मिटर टाढा फालेका थिए ।

त्यस्तै रुकुम पश्चिमका हेमन्त विक कर्णाली प्रदेश छनौटको एक सय मिटर दौडमा प्रथम भएका छन् । बुधबार विहान प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको प्रतियोगितामा विकले निर्धारित दुरी ११.५० सेकेण्डमा पार गरेर प्रथम भएका छन् ।

यस्तै नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुनेछ । जसका लागि अहिले कर्णाली प्रदेश स्तरीय छनौट प्रतियोगिता चलिरहेको छ ।