सल्यानमा सर्पको टोक्दा एक बालकको मृत्यु




शुदाम  शर्मा, कर्णाली व्यूराे प्रमुख ।

सल्यानमा सर्पको टोक्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ भंगेरि घर भै शारदा नगरपालिका वडा न. ६ बरला बस्दै आएका १३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

बस्नेतलाइ हिजो राती १० बजे सर्पले टोकेको थियो। आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजे तिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहीबार