ज्ञानोदय पुस्तकालयमा दावी विरोधपछि प्रकाशन भएका नामावली




कोहलपुर । 

बाँकेको कोहपलुरमा रहेको ज्ञानोदय पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको यहि असार २५ गते हुन गइरहेको निर्वाचनको लागि नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले २१ गतेको दिनमा दावी विरोध पछिको नामावली प्रकाशन गरेको थियो ।

नामावली यसप्रकारको छ ।

अध्यक्ष पदका लागि तिन जना रहेका छन् । जसमा ठाकुर प्रसाद भूषाल, चेतकान्त भट्राई, डोलराज अर्याल रहेका छन् । उपाध्यक्ष पदका लागि मणि प्रसाद गैरे, अर्जुन कुमार पौडेल र विजय पुडासैनि रहेका छन् ।

यस्तै सचिव पदका लागि एकराज शर्मा, रुद्रमणि न्यौपाने र निर्मल आचार्य छन् भने सह सचिवको लागि सन्तोषराज पौडेल, गितादेवी शर्मा र कल्पना भण्डारी रहेका छन् ।

यसैगरी कोषाध्यक्ष पदका लागि रजनी शर्मा, पवित्रा ढकाल र कृष्ण बहादुर थारु रहेका छन् ।

यस्तै सदस्यहरुको लागि रविन्द्र प्रसाद सुवेदी, मेघनाथ भट्टराई, चुरामणि ढकाल, शर्मिला मल्ल, विनिता शर्मा, प्रदिप वाग्ले, हरि चालिसे, पतिराम थारु, छविलाल पाण्डे र बसन्त पुरी रहेका छन् ।

२३ गते बिहान ८ बजेसम्म चुनाव निन्ह प्रदान गर्ने निवार्चन समितिले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार