कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-२ (तेह्र विगाह) मा हुन लागेको प्रथम कोहलपुर गोल्ड कपको लागि सहयोगार्थ रुपमा उद्योग वाणिज्य संघ कोहलपुरले पाकिङ्गको जिम्मा दिएको छ ।
कोहलपुर रेसिङ्ग साहारा क्लबले उद्योग वाणिज्य संघ कोहलपुर आगामी फागुन ५ गतेदेखि सञ्चालन हुने मेलाको पाकिङ्गबाट उठेको रकम प्रमथ कोहलपुर गोल्ड कपलाई सहयोग हुने गरी सम्झौता भएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिए ।
यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले सहयोगको लागि धन्यवाद दिएका थिए । ‘कोहलपुर गोल्ड कपमा ८ वटा राष्ट्रिय टिम सहभागिता हुन लागेका छन्,’ उनले भने, ‘करिब ५० लाखभन्दा बढिको लगानीमा सञ्चालन हुन लागेको छ ।’ सम्पूूर्ण क्षेत्रबाट आर्थिक, भौतिक रुपमा सहयोगको अपेक्षा गरेको अध्यक्ष क्षेत्रीले बताए । कोहलपुर गोल्ड कपमा प्रथम, द्धितीय, तृतीय, रेफ्रि, खेलाडि, गोल कप सञ्चाल र समापन गर्नका लागि करिब ५० लाख बराबरको कार्यक्रम तय भएको अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नव किरण शाहले पश्चिम नेपालको पहिचान र कोहलपुरलाई खेलकुदको माध्यमबाट चिनाउनुपर्ने हामी सबैको कतव्र्य भएको बताए । आर्थिक पक्षलाई बलियो बनाउनका लागि सबैले सहयोगको अपेक्षा गरेको सचिव शाहले आग्रह गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्