Kohalpur Today Header Ads

अधिवेशन र क्याम्पस कमिटीबाट निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान




कोहलपुर । नेकपा (एमाले) शिक्षा तथा मावस्रोत विभागले शनिबार नेपालगन्जमा सम्मान गरेको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य र विभिन्न विश्वविद्यालयका आंशिक क्याम्पसका समितिमा निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठनबीच समन्वय गरेर काम गरेमा बाँके विकास, निर्माण र समृद्धिमा उल्लेख्य काम गर्न सकिने बतााए । सोही कार्यक्रम संविधान सभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानुनी अधिकार जनतासमक्ष पुगाउन केवल पार्टी कमिटीले मात्रै संभव नहुने त्यसका लागि बौद्धिक वर्ग अहम् भुमिका हुने बताए ।

LIfe Ok

सम्मान हुनेमा ११औं राष्ट्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी, १०औं इकाई अधिवेशनबाट निर्वाचित महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको इकाई कमिटी, ५औं अधिवेशन बाट निर्वाचित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको इकाई कमिटी, प्रथम अधिवेशनबाट निर्वाचित नेपालगंज नर्सिंग क्याम्पस र लुम्बिनी प्राविधिक बिश्वविध्यालय नेपालगंज कमिटी र प्रगतिशील लेखक संघको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित हरि प्रसाद तिमिल्सिना लगायतलाई सम्मान गरेको नेकपा (एमाले) शिक्षा तथा मानव श्रोत बिभाग, प्रमुख सुर्य रोकायले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार