नेकपा एमालेको कोहलपुर ८ बिराट टोलको अध्यक्षमा अधिकारी




कोहलपुर ।

नेकपा एमाले कोहलपुर नगरपालिकामा टोल कमिटीहरु तिव्र रुपमा निर्माण गर्न थालेका छन् ।

कोहलपुर वडा नम्बर ८ को बिराट टोलमा टोल कमिटि गठन भएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रेशम बहादुर खत्री को प्रमुख आथित्यतामा वडा कमिटीका अध्यक्ष पहलमान खड्काको सभापतित्वमा हिरादत्तत अधिकारी अध्यक्षतामा २९ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।

जसमा उपाध्यक्षमा हिरासिंह ठकुरी, सचिवमा तिर्थ थापा र सहसचिव पवित्रा विष्ट रहेका छन् । यस्तै जिल्ला कमिटी सदस्य हरि सुनार, वडा कमिटि सचिव नवीन रावत, सहसचिव पूर्ण पौडेल समेत उपस्थितिमा टोल कमिटि गठन भएको थियो ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार