कोहलपुर ।
नेकपा एमाले कोहलपुर नगरपालिकामा टोल कमिटीहरु तिव्र रुपमा निर्माण गर्न थालेका छन् ।
कोहलपुर वडा नम्बर ८ को सरस्वती टोलमा टोल कमिटि गठन भएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रेशम बहादुर खत्रीको प्रमुख आथित्यतामा वडा कमिटीका अध्यक्ष पहलमान खड्काको सभापतित्वमा मान बहादुर गुरुङ्ग अध्यक्षतामा २९ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।
जसमा उपाध्यक्षमा धनश्याम खत्री, सचिवमा छवि पुन, सह-सचिव सिजृना सिंह र ललिता सुनार रहेका छन् । यस्तै जिल्ला कमिटी सदस्य हरि सुनार, वडा कमिटि सचिव नवीन रावत, सहसचिव पूर्ण पौडेल समेत उपस्थितिमा टोल कमिटि गठन भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्