निम बहादुर के सि दार्मा गाउँपालिका अध्यक्ष

कोहलपुर,

कोभिड महामारी व्यवस्थापनमा गरेको कामले हामीलाई स्थापित गर्‍यो । कोभिडका बेला जनता सँगै रहेर काम गर्‍यौं । २५ वटा लिफ्ट प्रणालीबाट खानेपानीको व्यवस्थापन गरेपछि विशेष गरी महिलालाई धेरै राहत पुगेको छ । यसले हाम्रो जनमत सिर्जनामा पनि सहयोग पुर्‍यायो । हामीले सहकारीहरुलाई बढी प्रवद्र्धन गरेका छौं । दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउने भनेर सहकारीमार्फत भैंसी पालनमा जोड दिएका छौं ।

२०७४ मा अरु सबै पार्टीको गठबन्धन एकातिर र हामी एक्लै हुँदा मुश्किलले चुनाव जितेका थियौं । अहिले हामीले हामीले ५२ प्रतिशत मतले जित्यौं । उम्मेदवार छान्दा पार्टीमा व्यापक छानविन गरेर सर्वसम्मत पठायौं ।

पार्टीको कमाण्डमा चल्ने र जनतालाई सानो–सानो कुरामा सेवा दिने हो भने सफल भइन्छ । आफ्नालाई छोड्नु भएन तर अरु जनतालाई समेट्ने कुरामा बढी ख्याल गर्नुपर्छ ।