एजेन्सी ।
भारतको बिहार राज्यको गयामा एउटा रेल अनियन्त्रित हुँदै लिक छाडेर खेतमा पुगेको छ । ‘लुप लाइन’ अर्थात् वैकल्पिक लिकबाट गइरहेको रेलको इन्जिन अनियन्त्रित हुँदै खेतमा पुगेको हो । यो घटना शुक्रबार दिउँसोको रहेको बताइएको छ । स्थानीयले रेल अनियन्त्रित भएपछि बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार गया–किउल रेल लाइनमा वजीरगञ्ज स्टेसन र कोल्हाना हल्टको बिच रघुनाथपुर गाउँ नजिकै उक्त घटना भएको हो । रेलमा यात्री बोक्ने डिब्बा भने थिएन । लोको पाइलटले रेलको इन्जिनमात्र गन्तव्यतर्फ लगिरहेको बेलामा उक्त दुर्घटना भएको जनाइएको छ ।
सो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । रेलको लिक र इन्जिनमा सामान्य क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्