इन्द्र बुढाथोकी, सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
देश संघीय संरचनामा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन २०७२ मा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरी यस बनगाड कुपिण्डे नगरपालिकाको नेतृत्व गर्ने अवसर प्रदान गर्नुहुने आदरणीय सम्पूर्ण मतादाताज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पन्न स्वतन्त्र र सौहार्द रुपमा सम्पन्न गर्न गराउनामा योगदान पुग्याउनु हुने सम्पूर्ण नगरवासी निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय, अन्य राष्ट्रसेवक कर्मचारी, स्थानीय प्रशासन सुरक्षा निकाय, नागरिक समाज, बुद्विजिती, उद्योग व्यवसायी, पत्रकार, पर्यवेक्षक, राजनितिक दलका नेता कार्यकर्ता लगायत पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भई आफ्नो भूमिका सफलता पूर्वक निर्वाह गर्नुभएका निवर्तमान पदाधिकार/ जनप्रतिनिधिज्यूहरु समेत सबैलाई विशेष धन्यवाद व्यक्त गरेको छ । साथै विभिन्न १३ वटा बिषयगत समिती समेत गठन गरेको छ।
जस अनुसार न्यायीक समिती नगर उप प्रमुख पुरुषोत्तम आचार्य संयोजक, सदस्यहरुमा विर बहादुर बुढा मगर र सिता कुमारी साहु स्थानीय राजस्व परामर्श समितिमा सयोजक पुरुषोत्तम आचार्य सदस्यहरु विर बहादुर साकी र चित्रकली कवर श्रोत • अनुमान तथा बजेट सिमा निर्धारण समिति नगर प्रमुख कर्ण बहादुर बुढाथोकी सयोजक सहित सदस्यहरु पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत,धन बहादुर पुन मगर, गणेश बहादुर बुढाक्षेत्री, लाल बहादुर घर्ति मगर र विमला गन्धर्व पुन रहेका छन ।
त्यसैगरी बजेट तथा कार्यक्रम तर्जुमा समिति सयोजक पुरुषोत्तम आचार्य, सदस्यहरु विषयगत समितिका संयोजकहरु, प्रमुख प्रशासकीय अधिकृत सदस्य सचीवम योजना शाखा प्रमुख रहेका छन ।
आर्थिक विकास समिति कुल बहादुर पुरी
संयोजक, सदस्यहरु पुस्कर बुढा र गिता बि.क.
सामाजिक विकास समिति जीवन सिंह ठकुरी
संयोजक सदस्यहरु, तिलक नेपाली र विमला गन्धर्व पुन, पूर्वाधार विकास समिति सयोजक धनबहादरपुन मगर सदस्यहरु रुद्र बहादुर परियार र लोगी कबर विधायन समिति सयोजकमा गणेश बहादुर बुढाक्षेत्री, सदस्यहरु मान बहादुर खत्री र विमला गन्धर्व पुन संस्थागत विकास र सुशासन समिति सयोजकमा विर बहादुर बुढा मगर सदस्यहरु पिउमले खत्री र गिता वि.क. रहेका छन । त्यसैगरी वातावरण तथा विपत व्यवस्थापन सयोजकमा थुम बहादुर वि.सी. सदस्यहरु मोते घर्ती र नम्रता कामी रहेका छन ।
अधिल्लो स्थानीय तहले नगर शिक्षा समिती नबाएर कार्यकाल गएको थियो भने यहिले नगर शिक्षा समिति बनेको छ जसमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी संयोजक र सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, जीवन सिंह ठकुरी, विमला गन्धर्व पुन र सीता कुमारी साहु रहेका
छन ।
अनुगमन तथा सुपरिवेक्षण समिति सयोजकमा पुरुषोत्तम आचार्य, सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाको वडा अध्यक्ष, वीर बहादुर सार्की, विषय विज्ञ कर्मचारी र योजना शाखा प्रमुख सदस्य सचीव रहेका छन । साथै अपाङ्ग परिचयपत्र वितरण स्थानीय समन्वय समिति सदस्यमा विमला गन्धर्व पुनलाई मनोनीत गरेको छ ।
बनगाड कुपिण्डे नगर कार्यपालिकाको प्रवक्तामा ३ न वडा अध्यक्ष धन बहादुर पुन मगरलाई तोकेको छ भने शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय भौतिक पूर्वाधारको विकासका साथै नगरपालिका अन्ततिका सबै माध्यमिक विद्यालयमा कक्षा १ देखि अङ्ग्रेजी माध्यममा समेत पठनपाठन शुरु गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
चालु आ.ब.मा विनियोजन भई कार्यान्वयन हुन नसकेका योजनाहरू मिति २०७९/०२/२० गतेसम्म मात्र सम्झौता गर्ने र २०७९/०३/२० गतेसम्म योजना सम्पन्न गरी भुक्तानी लिईसक्नुपर्ने निर्णय गरेको छ । साथै विश्व वातावरण दिवशको अवसरमा जुन ४(जेठ २२ गते नगरव्यापी सरसफाई कार्यक्रम सञ्चालन गर्ने र नगर सरसफाई अभियानको सुरुवात गर्ने निर्णय गरियो ।
यस नगरपालिकामा उत्पादित वस्तुको भण्डारणको लागि चिस्यान घर निर्माण गर्न बडा नं. १ को घाटगाउँ देखि वडा नं ११ को बालुवा संग्रहीसम्म कम्तिमा ३ (तीन) रोपनी जग्गा निशुल्क उपलब्ध गराउनको लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरियो ।
छिन्चु जाजरकोट सडक खण्डबाट यस नगरपालिकाको १५ शैयाको अस्पताल निर्माण स्थलसम्म जाने सडक निर्माण तथा व्यवस्थापनका लागि कन्टेन्जेन्सी रकमबाट रु १० लाख विनियोजन गर्ने निर्णय गरियो |
कुपिण्डेलको पूर्वाधार विकास गर्नका लागि यस नगरपालिकामा प्राप्त भएको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यान र यस नगरपालिकाको साझेदारीमा बाखा पकेट विकास कार्यक्रम स नगरपालिका वडा नं. ७ को गैरीकटेरीमा समूह गठन गरी संचालन गर्ने निर्णय गरेको छ । हावाको कारण उडाएको देवस्थल स्वास्थ्य चौकीको छाना मर्मतको लागि कन्टेन्जेन्सी रकमवाट रु १ लाख विनियोजन गर्ने निर्णय गरेको प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्