Kohalpur Today Header Ads

कर्णाली प्रदेश प्रमुखले गरे आर्थिक विधेयक प्रमाणीकरण




कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ।

कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो।

LIfe Ok

उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए। यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार