चुनाबी दौरानमा अतिरञ्जित गरी प्रचार प्रसार गरी आरोप लगाए : खिलप्रसाद भुसाल

काेहलपुर ।

नेकपा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष एबं मेयरका प्रत्यासी खिलप्रसाद भुसालले आफू सधै जनताकाे सेवामा तत्पर लागिरहने बताए । मंगलबार पत्रकार सम्मेलन गर्दै अब जनताकाे सेवामा तत्पर लागिरहने बताएका छन् । आफू मेयर पदमा निर्वाचित हुन नसके पनि जनताकाे सुख दुखमा साथ नछाेड्ने प्रतिबद्धता व्यक्त गरे । भुसालले निर्वाचनमा आफुलाई मत दिने मतदाता तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उनले आफु भुमाफियाको बिरुद्धमा लागेर सेन्टर प्लाजा नजिकको जमिन उनीहरुको चंगुलबाट फुत्काउन सफल भएपछि भुमाफियाले आफुलाई चुनाबी दौरानमा अतिरञ्जित गरी प्रचार प्रसार गरेको आरोप लगाए ।

कोहलपुरको सेन्टर प्लाजा नजिक रहेको करिब १ सय २० कठ्ठा जग्गा भुमाफियाको अतिक्रमणबाट जोगाउन गरिएको प्रयासलाई सुकुम्बासीसंग जोडेर निर्वाचन जितेमा सुकुम्बासीका घर टहरा भत्काउन डोजर पठाउछ, भन्दै अति रञ्जित प्रचार गरेको भुसालले बताए ।

उनले भने–‘भुमी ब्यबस्थापन बैज्ञानिक रुपमा हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको छ । तर, सुकुम्बासीको नाममा भुमाफिया र हुकुमबासीको चलखेल भएकाले सबै सचेत रहनु पर्ने आवश्यकता छ ।’ उनले भुमी किनबेचमा कर छलीको समस्या रहेको जमिन खण्डिकरण रोक्न नसकिएको र नक्शा समेत बैज्ञानिकिकरण हुन नसकेको प्रति इंगित गर्दै कोहलपुर कुरुप शहरको रुपमा अगाडि बढ्न खोजेको तर्फ औंल्याए ।

‘सामाजिक मान्यताहरु खण्डित भएका छन, स्थानीय सरकार दिगो विकास र रोजगारी श्रृजनामा पछि परेको छ तसर्थ नगरपालिका भित्र गरिने गलत एजेण्डा र गलत निर्णयमा राजनीतिक रुपमा एमाललेले सर्मथन गर्न नसक्ने तर, जिम्मेवार प्रतिपक्षको भुमिकामा रचनात्मक सहयोग गर्ने भुमिका रहेन छ’–उनले भने ।

निर्वाचनको बेलामा भेगिय, जातिय हिसाबले राजनीति गरिनु र उत्पत्तिका हिसाबले निर्बाचित हुने परीपाटी मौलाउदै गए सामाजिक न्याय र मानबअधिकारको समेत हनन भइ स्थानीय जनताले अपेक्षाकृत विकासमा फडको मार्न नसक्ने बताउदै नगर अध्यक्ष भुसालले आफुलाइ अमुल्य मत दिने तमाम जनसमुदाय प्रति अफु सदैब कृतघ्न हुने बताए ।

निर्वाचनमा हारजित लोकतन्त्रको सुन्दर पक्ष रहेको चर्चा गरेका भुसालले कोहलपुर अथाहा संभाबना भएको शाहर भएको तर, यहा चुनौतीका पहाड समेत उत्तिकै रहेको बताए ।

कोहलपुरमा सुकुम्बासी समस्या निकै जटिल भएको अतिक्रमणले तिब्रता पाएकाले अब्यबस्थित बसोबासको ब्यबस्थापन गर्दै अतिक्रण भए हटाउने र बास्तबिक सुकुम्बासी भए पुर्नउत्थानको पहल गरिनुपर्ने आजको टडकारो भएको औंल्याए ।

कोहलपुर हरेक हिसाबले ट्रान्जिट प्वाइन्ट भएकाले औधोगिक क्षेत्र स्थापना, सिटिहल लगाएत अन्य आर्थिक गतिबिधिहरु हुने परीयोजना ल्याइ विकासमा भएको सुस्त गतिलाई द्रुत गराउनु पर्ने उनको कथन थियो ।