बागेश्वरी बहुमुखी क्याम्पसद्वारा परिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसले भर्ना अभियानलाई तिव्रता दिएको छ । मंगलबार बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको भर्ना अभियान समितिले वडा नं १२ स्थित ज्ञानज्योती माध्यमिक विद्यालय चपरगौडीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । निकट भविष्य जेठमा सञ्चालन हुने राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत कक्षा १२ को परिक्षालाई केन्द्रविन्दुमा राखेर यो कार्यक्रम आयोजना गरिएको हो ।

कुनै पनि परिक्षाको तयारी कसरी गर्ने, कसरी अध्ययन गर्ने, अध्ययन कसरी गर्ने लगायत परिक्षा हलमा हतोत्साहित हुने वातावरणबाट टाढा रहेर परिक्षामा सहभागी हुने मनावैज्ञानिक आधारमा रहेर कार्यक्रमको आयोजना गरिएको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागिय प्रमुख एकराज शर्माले जानकारी दिए ।

परिक्षा प्रणाली, परिक्षामा हुने चिटिङ लाई कसरी कम गर्ने परिक्षा के हो ? यसका लागि विद्यार्थीको जिम्मेवार, विद्यालय प्रशासनको जिम्मेवारी लगायत कसरी राम्रो ग्रेड ल्याएर उतिर्ण हुने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी शर्माले कोहलपुर टुडेलाई जानकारी गराए । अभिमुखीकरण कार्यक्रमको सहजीकरण बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर अभ्यास शिक्षण विभागका विभागीय प्रमुख प्रमोद सुवेदीले गरेका थिए ।

यस्तै समापनमा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका नेपाली विषयका उप प्राध्यापक ललित प्रकाश चन्दले सहजता प्रदान गर्ने विद्यालय तथा सहभागी विद्यार्थीलाई धन्यवाद प्रदान गरेका थिए । यस क्षेत्रमा आफ्ना सबै फिडर विद्यालयमा विगत देखि नै यश खालका कार्यक्रम सन्चालन गर्दै आएको छ । यो क्याम्पस विं सं २०४८ सालमा स्थापित पब्लिक क्याम्पस थियो भने २०७५ साल देखि यो क्याम्पस आम जनाताको सरकारी सस्त्तो शुलभ विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा स्थापित क्याम्पस हो ।

यस खालका कार्यक्रम सहित उच्च शिक्षाको धरोहर कोहलपुरमा रहेकोले निजि क्याम्पसमा होइन सरकारी क्याम्पसमा गएर अध्ययन गर्न विगतदेखि नै प्रेरित गर्ने गरेको जानकारी शिक्षक एन के दहालले जानकारी गराए । यो कार्यक्रम कोहलपुर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा आयोजना गरिने कुराको जानकारी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी गराए । यसका लागि छुट्टै समिती गठन गरिएको जानकारी शर्माले जानकारी गराए ।

यो कार्यक्रमको सहजीकरण प्रमोद सुवेदीले आफ्नो नेतृत्वको समितिले परिक्षा सम्बन्धि राम्रो तयारी गरि पावर प्वाईन्टको माध्यम बाट सहजीकरण गरिएको जानकारी गराए । परिक्षा सम्बन्धिको अभिमुखिकरण कार्यक्रम आफ्नो विद्यार्थी जिवनमा निकै लाभदायक भएको, अब आफुहरुले कुनै तहमा त्यसरी हतोत्साहित रूपमा परिक्षा नदिने ज्ञानको जानकारी कक्षा १२ मा अध्ययनरत हेमराज बटालाले आफ्नो प्रतिक्रिया दिएका छ्न । त्यसैगरी कार्यक्रम ले आफ्नो विद्यार्थी जिवनमा यो कार्यक्रमले परिवर्तन ल्याउने र निर्धक्कसंग परिक्षा दिने वातावरण सहितको अभिमुखीकरण भएको जानकारी कक्षा १२ का छात्रा रामकुमारी चौधरीले बताइन् ।