Kohalpur Today Header Ads

को हुन पुर्ण बहादुर खड्का




सुगम शर्मा सुर्खेत ।
नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनबाट सुर्खेतका पूर्ण बहादुर खड्का उपसभापति पदमा निर्वाचित भएका छन् ।

यस्तै उपसभापतिमै धनराज गुरुङसमेत विजयी भएका छन् ।
जारी १४ औं महाधिवेशनबाट खड्काले २१२१ मत प्राप्त गरे भने, गुरुङले १९०८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए ।

उनले १९०६ मत प्राप्त गरे । यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । भने उपसभापतिकै अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरी पराजित भएका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

खड्का यसअघि काँग्रेसको महामन्त्री हुन् । काँग्रेसको जारी महाधिवेशनमा उपसभापति पदमा उनले उम्मेदवारी दिएका थिए । कणर्ालीको राजधानी सुर्खेतको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने खड्का पाँच पटक सांसद र पाँच पटक मन्त्रीसमेत भइसकेका छन् । एक पटक राज्य व्यवस्था समितिको सभापति समेत बनेका खड्का कणर्ालीको एक बलिया खम्बा हुन ।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा प्रतिशन्धित कालमा सुर्खेतको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतको पालमा प्रतिबन्धित भएपनि उनले निरन्तर राजनीतिक अभियानलाई तीव्रता दिएका थिए ।

बहुदल र निर्दल बीचको चुनावको समयमा काँग्रेसले चुनावमा भाग लिने निणर्य गरेको समयमा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए तर उनलाई पञ्चायतको सर्मथन गर्न भनेर राजाले दवाव दिए । राजाले दिएको दवाव अस्विकार गर्दा जिल्ला अदालतले उनी मेयर भएको ६ महिनामै उनको पद जिल्ला अदालत सुर्खेतले बर्खास्त गरिदिएको थियो ।
विभिन्न समयमा गरेर पाँच महिना भन्दा बढि समय जेलजीवन विताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट पाँच पटक सांसदमा विजयी बने भने एक पटक पराजित बने ।
२०४८, २०५१, २०५६ मा उनले प्रत्यक्ष चुनाव जितेर सांसद भए भने २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का २०७४ सालमा भने पराजित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका खड्का राज्य संचालनमा समेत अब्बल मानिन्छन् । उनी दुइ पटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, युवा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भइ राज्य संचालनको अनुभव हासिल गरिसकेका छन् ।

सुर्खेत क्षेत्र नम्बर एकका नागरिकले विकासप्रेमी नेताको रुपमा उनलाई चिन्दै आएका छन् । उनी १० औं महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो ।

सो महाधिवेशनमा शुशिल कोइराला विजय बने भने उनी पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा प्रजातान्त्रिक काँग्रेसबाट केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य जितेर सहमहामन्त्रीमा मनोनित भए भने १३ औं महाधिवेशनमा उनी महामन्त्री बन्न सफल भएका थिए

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १ गते बिहीबार