कक्षा ५ को प्रश्नपत्रमा भाषा परिवर्तनमा दर्जनौ बढि त्रुटी

आगामी दिनमा सचिएर जान्छौं : नगर शाखा प्रमुख शाही

कोहलपुर ।

बाँसगढी नगरपालिकाले सञ्चालन गरेको कक्षा ५ को प्रश्नपत्रमा भाषा परिवर्तनमा दर्जनौ बढि त्रुटी देखिएको छ । बाँसगढी नगरपालिकाले २०७८ चैत २९ गतेदेखि कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा सञ्चालन गरेको थियो । सो परिक्षाको मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयको आज बिहान ८ बजेदेखि ११ बजेसम्म परिक्षा सञ्चालन भएको थियो ।

बाँसगढी नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख छत्र बहादुर शाहीसंग कोहलपुर टुडेले कुराकानी गर्दा कक्षा पाँचका शिक्षकहरुलाई प्रश्नपत्र निर्माणका लागि जिम्मा दिइएको बताए । बाँसगढी नगरपालिकामा सामुदायिक र निजी विद्यालयहरुको एउटै स्तरबाट परिक्षा सञ्चालन गर्नका लागि प्रश्नपत्र निर्माणका लागि कार्यशाला समेत गरिएको थियो त्यसबाट नै प्रश्नपत्र नै निर्माण गरिएको थियो ।

शाखाका प्रमुख शाहीले नगर शिक्षा कार्यालयबाट नै पुनः रिचेक गर्न जानुपथ्र्यो तर गइएन यसमा हाम्रो गल्ती देखियो । तर सुरुमा मैले नै प्रश्न पत्र हेरेको भएर होला सबै केन्द्रमा प्रश्नपत्रमा अग्रेजी भाषामा परिवर्तन गर्दा त्रुटी भएको भन्दै आन्तिरिक रुपमा सुर्कुलर समेत गरिसकेका थियौं त्यसैले धेरै समस्या आएन् । तर अब देखि यस्तो समस्या नआउनेमा उनको प्रतिबद्धता समेत प्रमुख शाहीले व्यक्त गर्नुभयो ।