कोहलपुरमा सञ्चालित बेटर लाइफ इन्सिच्यूटको एक चर्चा

कोहलपुर नगरपालिका वडा नं-११ साँझामा अवस्थित इन्सिच्यूट हो बेटर लाइफ । यो स्नातक तहमा टप्पर सुवास सिंह ठकुरीले सञ्चालन गरेका छन् । कोहलपुर साँझा चोकदेखि १०० मिटर पश्चिममा रहेको संस्था लक्ष्य सहकारी भएको भवनमा रहेको छ ।

शान्त, मनोरम तथा आकर्षक शैक्षिक इन्सिच्यूटको परिकल्पना तथा परिवर्तनको केन्द्रका रुपमा थुप्रै क्षेत्रमा अनुभव, ज्ञान तथा विज्ञताले औतप्रोत शैक्षिक व्यक्तित्वको लगानीमा गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने हेतुको साथ यो इन्सिच्यूटले स्थान पाएको हो ।

यो इन्सिच्यूट शैक्षिक मार्फत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा आजको २१ औं शताब्दिको समयमा आम जनशक्तिहरु विच प्रतिस्पधा गर्न सक्ने सक्षम, योग्य र सवल जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता यो एक नविन इन्सिच्यूट हो । यसको दृष्टिकोण भनेको शैक्षिक मापदण्ड अनुसार पेशागत मूल्य र मान्यतामा आधारित मानव गुण तथा सीप उपयोगी दक्ष, क्षमतावान, योग्य, सक्षम तथा आकर्षक व्यक्तित्व उत्पादन गर्दे विश्व परिवशमा आम जनशक्तिले प्रतिस्पधा गर्न सक्ने खालको जनशक्तिमा जोड दिएको छ ।

सुवास सिंह ठकुरी आफैमा अति मेहनती र परिश्रम गर्ने विद्यार्थी हुन् । उनले शैक्षिक जनशक्ति मार्फत शैक्षिक, सामाजिक तथा आर्थिक विकासाई अब्बल बनाउने उदेश्य राखेका छन् । उनले कोहलपुरमा निरन्तर ५ वर्षदेखि कोहलपुरमा कक्षा ११ र १२ र BBS तर्फको Account विषयमा tuition पदाउदै आएका छन् । यस इन्सिच्यूटका सुविधाको चर्चा गर्दा यस क्षेत्रमा शैक्षिक रुपले फरक खालको सुविधाहरु प्रदान गर्दै आम विद्यार्थीहरुलाई सिकाइमा सहजता ल्याउने मनसाय बमोजिम अगाडी बढेको पाइन्छ । जसमा विद्यार्थीमैत्री सिकाई वातावरण्को निर्माणमा अवस्थित रहेको छ ।

जसमा विद्यार्थीहरुमा सिकाईमैत्रीको लागि खुल्ला वातावरणको तयार गरी स्वतन्त्र रुपमा आम सह-पाठीहरु विच छलफल गराउने, दण्ड रहित शिक्षामा जोड दिने, विद्यार्थीमा स्वतन्त्रता प्रदान गरेर सहजरुपमा आफ्ना विज्ञासा राख्नका लागि तत्पर रहने वातावरण तयार गर्ने, आत्मविश्वासका साथै स्पष्टता तथा विचारको स्पष्ट धारणा राख्न पाउने र सिकाइमेत्री वातावरणमा जोड दिएको छ । आउने दिनमा यस विद्यालयको उज्वल भविष्यको कामना सहित सबै विद्यालयको वातावरण यस खालको होस् । जय शैक्षिक संस्था ।