कोहलपुरका लागि निर्विकल्प नरेन्द्र न्यौपाने किन ? यस्तो छ आगामी योजना




२०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार थिए युवा नेता नरेन्द्र न्यौपाने । निर्वाचनमा उनि पराजित भए पनि सामाजिक तथा राजनितिक रुपमा उनको सक्रियता कायम नै रह्यो । जसका कारण आसन्न निर्वाचनमा उनि कोहलपुरको मेयरकालागि सबैभन्दा बलियो उम्मेदवारका रुपमा अगाडी आएका छन ।

माओवादीबाट चुनावी मैदानमा होमिने तयारीमा रहेका न्यौपानेले विगत ५ वर्षदेखि छाँया मेयरका रुपममा कोहलपुरका जनताको सेवा गरीरहेका छन । प्रशासनसंग सम्वन्धीत काम, विकाससंग सम्वन्धीत काम र जनसेवाको काममा उनि निरन्तर लागि रहेका छन् ।

जनताको काममा निरन्तर खट्ने न्यौपाने जनताको सेवा र कोहलुरको विकासका लागि पदमै रहनुपर्छ भन्ने नभएको बताउछन् । केन्द्रिय तहको राजनिति गरेर कोहलपुर आए लगतै मेयरमा चुनाव लडेर पराजित भएका न्यौपानेले पछिल्लो ५ वर्षको अवधिमा कोहलपुरको भु-राजनैतिक अवस्था, मुख्य-मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्यन गर्ने प्रयाप्त मौका पाएको बताउँछन् ।

गाँउ घरका स-साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसावले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाई छ । कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ्ग होस या कोभिडको महामारीमा जनताको सेवामा उनि निरन्तर खटिरहे । न्यौपानेकै नेतृत्वमा कोभिड महाकारीका समयमा कोहलपुर क्षेत्रका विपन्न तथा मजदुरहरुका लागि १ हजार २ सय बोरा चामल तथा दाल वितरण गरिएको थियो ।

कोहलपुरका १५ वटै वडाका विपन्न तथा दैनिक रोजगारी गुमाएकाहरुका लागि नेकपा माओवादी केन्द्रले राहात स्वरुप चामल तथा दाल वितरण गरेको थियो । त्यती मात्रै होईन न्यौपानेले चिकित्सक सहितको टोलि लिएर २ सय ५० जना कोभिड संक्रमितको घर घरमा पुगेर औषधि तथा परार्मश सेवा समेत दिएका थिए । न्यौपानेकै नेतृत्वमा कोभिडका कारण मृत्यु भएकाहरुको निशुल्क शव व्यवस्थापनको काम समेत कोहलपुरमा गरिएको थियो ।

कोहलपुरलाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्न पनि न्यौपानेको उत्तिकै सक्रियता रह्यो । माओवादी केन्द्रका युवा नेता न्यौपानेको विशेष पहलमा कोहलपुरमा ईलाका प्रशासन कार्यालयको स्थपना तथा विद्युत वितरण कार्यालयको स्थापना भईसकेको छ भने कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा स्थापनाको नितिगत निर्णय भईसकेको छ ।

नरेन्द्र न्यौपानेको व्यक्तिगत खटाई र दौडधुपका कारण आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उनि एक्ला उम्मेदवार बन्न सफल समेत भएका छन् । शिक्षित, योग्य तथा कोहलपुरको विकास र निर्माणमा निरन्तर क्रियाशिल युवा नेतृत्व हुनाले पार्टीमा मेयर पदमा अन्यले आँकाक्षा समेत नराखेको माओवादी स्रोत बताउँछ । भिजन सहितको युवा नेतृत्व र निरन्तरको क्रियाशिलताले यस पटकको निर्वाचनमा नरेन्द्र न्यौपाने बिजयी हुनेमा आफुहरु ढुक्क छन् ।

चुनावमा टिकट पाएपछि मात्रै सक्रियता देखाउने र जनताको सेवामा लाग्ने राजनैतिक संस्कारलाई न्यौपानेले चुनौती दिएका काेहलपुरका स्थानियहरूले समेत बताउँछन्  । चुनावमा टिकट पाएपछि क्रियाशिल हुने, हारेपछि घर बस्ने, जित मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यतालाई समेत युवा नेता न्यौपानेले तोडिदिएको स्थानियहरूकाे  भनाई छ ।

छाँया मेयरका रुपमा जनताको सबैखाले समस्यामा साथी बनेका न्यौपानेलाई एक पटक कोहलपुरको मेयरका रुपमा कोहलपुरका जनताले हेर्न चाहेको कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक सदस्य शेषकान्त्त शर्माको भनाई छ । न्यौपाने बिजयी भएमा पश्चिम नेपालको सम्भावनको शहर कोहलपुर देशमै नमुना र अग्रणी विकास हुने उनले बताए ।

कोहलुरको विकास गर्न भिजन भएको नेतृत्व र सबै दलको साथ आवश्यक हुने युवा नेता न्यौपानेको भनाई छ । “नेतृत्व र पहल एक ठाउमा छ, साथ र सहयोग सबैको अवश्यक हुन्छ” न्यौपानले भने । नेतृत्व क्षमताका कारण पछिल्लो ५ वर्ष खेर गएको बताउने न्यौपानेले अब पनि जुझारु नेतृत्व नपाउने हो भने कोहलपुरको विकास धेरै पछाडी धकेलिने बताए ।

के छन त कोहलपुरमा न्यौपानेका योजना ? (कुराकानिमा आधारित)

– समुन्नत कोहलपुर निर्माणका लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानिय सरकार नै हुनेछ । स्थानिय सरकारले गरेका काम र योजनाहरु बारे जनतालाई जानकारी दिने र त्यस बारे स्थानियबासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौ ।

– हामी कोहलपुरमा लोक कल्याणकारी स्थानिय सरकार बनाउने योजनामा छौं । खास गरि सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनुपर्ने छैन । नि:शुल्क शिक्षा, स्वाथ्यमा सबैको पहुँच कायम हुनेछ । आधारभुत उपभोग्य खाद्य वस्तुमा सबैको पहुँच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ ।

– नगर अस्पतालबाटै नागरीकहरुलाई सबै खाले स्वाथ्य सेवा नि:शुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रविधि विकास गर्ने तथा अन्यत्र जानै पर्ने अस्वस्था सृजना भए अत्याधुनिक एम्बुलेन्स चिकित्सकिय सेवा नि:शुल्क बनाउने छौ ।

– बिजुली र खानेपानी लागायतका अनिवार्य र आधारभुत बस्तु तथा सेवालाई सबैको पहुँच कामय गर्दै सर्बसुलभ बनाइनेछ ।

– सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तरलाई बृद्धि गर्न सबै प्रयासहरु गरिने छ । भौतिक पुर्वाधार, जनशक्ति बृद्धिमा मुख्य ध्यान केन्द्रीत गरिने छ । विपन्न तथा अनाथ बाल बालिकालाई पठन पाठन गर्न आवशिय  विद्यालयको स्थापन गर्ने सोचमा छौं ।

– संबिधानको मर्म अनुसार दलित तथा भुमिहीन सुकुम्वासीलाई भुमिको मालिक बनाउने नितीलाई कार्यन्यन गर्न स्थानिय स्तरबाट ठोस कदम चालिने छ । साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थीत बसोवासीहरुको समस्या समाधान गर्न भुमि सुधार मन्त्तालय र भुमि आयोगको काम लाई प्रभावकारी ढंगले अगाडी बढाईने छ । १ वर्ष भित्रमा भुमि समस्या समाधान गरि जग्गा धनि प्रमाण पुर्जा बितरण बितरण गर्ने गरि काम गर्ने छौ ।

– पर्यटन, कृषि तथा पशु पालन, औधोगिक क्षेत्रको विकास गरि रोजगारका सृजना गर्ने तथा शैक्षिक बेरोजगारहरुको अभिलेख तयार गरी रोजगारी सृजना लगायतका कम गरिने छ ।

– कोहलपुरको विकासका लागि निजी क्षेत्र, सहरकारी र स्थानिय सरकारको समस्यमा फोहर मैला व्यवस्थापन, छाडा पशु, चौपाय ब्यवस्थापन, ठेला व्यवसायीलाई व्यवस्थापन, आटो रिक्सा व्यवस्थापनको काम गर्नेछौ ।

– मजदुरहरुका समस्या समाधान श्रम ऐनको, समाजिक सुरक्षा ऐन कार्यानयनमा स्थानिय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्नेछौ ।

– किसान कल सेन्टर बाट कृर्षि तथा पशुपालन क्षेत्रको समस्या समाधान, नि:शुल्क टोल फ्रि सेवा मार्फत स्थानिय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगर पालिकाको सम्पुर्ण कामलाई पेपरलेस बनाउने तर्फ काम गर्ने छौ ।

– विद्युतिय सेवा प्रयोगमा प्रोत्साहन गर्न, ईन्डक्सन चुल्हो, विद्युतिय सवारी साधन प्रयोगमा प्रत्साहन गर्नेछौ ।

– विकासका कामलाई टिकाउ र दिगो बनाउन नितिगत सुधारका काम गर्नेछौं । केन्द्र र प्रदेश सरकारसंगको सहकार्यमा ठुला तथा नमुना विकासका योजनाहरुलाई अगाडी बढाउने छौ । कोहलपुरलाई प्रशासनिक केन्द्रको रुपमा विकास गर्न थप प्रयासहरु हुनेछन्।

– समग्रमा आगामी ५ वर्षमा हामी लोक कल्याणकारी, शुसासन र पादरर्शी स्थानिय सरकार निर्माण गर्ने छौ । विकासका हिसावले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नेछौ । रोजगार सृजना र कृषि क्षेत्रमा ठुलो पड्को मार्ने छौ । कोहलपुर र कोहलपुरबासीका लागी आगामी ५ वर्ष स्वणीम कार्यकाल हुनेछ ।

– राजनिती सेवा हो । रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गर्ने माध्याम बन्नु र बनाईनु हुँदैन । सोही आधारमा म अधिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु । जनताको सेवा गर्न थप प्टेलफर्म पाएमा एकाकार भएर कोहलपुरका बिकास र पहुँचका  लागि अगाडी बढ्नेछौं ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २ गते शुक्रबार