कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा २ करोडको लगानीमा मल्ल सप्लायर्स सञ्चालनमा आएको छ । नयाँ वर्षको उपलक्ष्यमा एक कार्यक्रम गरी औपचारीक रुपमा मल्ल सप्लायर्स सञ्चालन आएको हो । बिहिबार नेकपा माओवादी केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज पूर्णकला सुवेदीले उद्घाटन गनुएभएको थियो ।
उद्घाटनको क्रममा बोल्दै एउटा युवाले सञ्चालन गरेको व्यवसायमा हाम्रो पूर्र्ण सहयोग हुने बताउनुभयो । युवाले देशको विकास ठुलो योग्दान दिन सक्छन त्यसैले यूवा तथा प्रभावशालि, भलादमी व्यक्तित्व दिपक मल्ललाई व्यवसाय क्षेत्रमा उत्तरोत्तर प्रगतिको शुभकामना समेत दिनुभएको थियो ।
यस्तै मल्ल सम्पलार्यका सञ्चालक दिपक मल्ले २ करोडको लगानीमा व्यवसाय सञ्चालन गरेको बताउनुभयो । यहाँ विभिन्न भारत , चीन , नेपाल ० आयात निर्यात गरिन्छ भने यहाँ विभिन्न देशहरूका ब्राण्डहरु पाइने बताउनुभयाे ।
घरमा लगाइने सम्पूर्ण समानहरु पाइन्छ, जस्तै टायल, मार्वल, आइटमको होलसेल, तथा घरमा लगाइने ढोका र झ्याल समेत पाइने सञ्चालक मल्ले बताउनुभयो ।
उनका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका सेवाग्राहीले सहज र सरल रुपमा सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरिएको सञ्चालक मल्ले बताउनुभयो ।
काेहलपुर टुडे । १ बैशाख २०७९, बिहीबार २१:२६