कोहलपुर । स्थानीय तहका वडा सचिवको नाममा १ लाख २० हजार रुपैयाँभन्दा बढी बैठक भत्ता राखिने गरेको विषयमा प्रश्न उठ्न थालेको छ । काेहलपुर नगरपालिकाकाे वडा कार्यालयमा हुने विभिन्न बैठकको भत्ता वितरणसम्बन्धी व्यवस्थाका कारण सचिवको नाममा ठूलो रकम देखिने गरेको वडा सचिवहरूले बताएका छन् ।
काेहलपुर नगरपालिकाका वडा सचिवहरू अनुसार वडाका पदाधिकारी तथा कर्मचारीले एक महिनामा बढीमा तीन पटकसम्म बैठक गर्न पाउने व्यवस्था रहेको छ । सोही अधिकार र प्रक्रियाअनुसार वडामा हुने बैठकको भत्ता रकम सचिवको नाममा राखेर भुक्तानी तथा व्यवस्थापन गर्ने गरिएको उनीहरूको भनाइ छ ।
सचिवहरूको दाबीअनुसार उक्त रकम सबै सचिवले व्यक्तिगत रूपमा बुझ्ने वा आफ्नो पारिश्रमिकका रूपमा प्रयोग गर्ने रकम भने होइन । वडाका पदाधिकारी तथा बैठकमा सहभागी अन्य व्यक्तिको भत्ता समेत सचिवको नाममा राखिने भएकाले अभिलेखमा सचिवको नाममा ठूलो रकम देखिने गरेको उनीहरू बताउँछन् ।
तर, सार्वजनिक रकमसँग जोडिएको विषय भएकाले यसरी एकै व्यक्तिको नाममा ठूलो रकम देखिनु पारदर्शिता र जवाफदेहिताको दृष्टिले महत्वपूर्ण विषय बनेको छ । बैठकको संख्या, सहभागीको विवरण, भत्ता दर तथा वास्तविक रूपमा कसले कति रकम बुझे भन्ने स्पष्ट रुपमा राखेका छौं भने सबैको भरपाइ गरी भुत्तानी गर्ने गरेको एक वडा सचिवले बताए ।
कुन वडाको कति बैठक भत्ता ?
वडा १ को (बैशाख—असार) ६३ हजार
वडा २ को (माघ—असार) १ लाख ८ हजार
वडा ३ को (चैत्र—असार) ८४ हजार
वडा ४ को (चैत्र—असार) ८४ हजार
वडा ५ को (बैशाख—असार) ५४ हजार
वडा ६ को (चैत—असार) ८४ हजार
वडा ७ को (बैशाख—असार) ६३ हजार
वडा ८ को (बैशाख—असार) ६३ हजार
वडा ९ को (माघ—फागुन) ३५ हजार
वडा १० को (माघ—असार) १ लाख १७ हजार
वडा ११ को (चैत—असार) ८४ हजार
वडा १२ को (बैशाख—असार) ६३ हजार
वडा १३ को (बैशाख—असार) ६३ हजार
वडा १४ को (पौष—असार) १ लाख ४७ हजार
वडा १५ को (जेठ—असार) ३० हजार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्