सरस्वती माविको ८ कोठे पक्की भवन उद्घाटन (फाेटाे फिचर)

कोहलपुर ।

कोहलपुर नगरपालिका ८ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ८ कोठे भवन निर्माण भएको छ । शुक्रबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र वडा नम्बर ८ का अध्यक्ष रेशम खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनमा बोल्दै नगर प्रमुख रावतले शिक्षाको विकास निम्ती भौतिक पूर्वाधार अति आवश्यक रहेको बताए । ‘यहाँ टिनको छानामा हावा हुरी, पानी र असिना आएको बेला अध्यापनमा समस्या हुने गथ्र्थो, अब त्यो समस्या हटेको छ उनले भने ।’ ‘विकास भन्न वित्तिकै ट्वाकै हुने होइन, कुनै जादु मन्तर होइन तर समय लाग्छ उनले थपे, यो विद्यालयको २०४५ सालमा टायलको छानो थियो त्यसपछि टिनको छानोमा विकसित हुँदै पक्की भवनसम्म आइपुग्दा २०७८ नै कुर्नुपर्‍र्यो ।

यस्तै कोहलपुर वडा नम्बर ८ का अध्यक्ष रेशम खत्रीले विद्यालयको विकासका निम्ती निकै योगदान गरेको बताए । भवन निर्माण गर्ने, बजेटको व्यवस्थापन गर्ने जस्ता कामहरु गरेको उनको भनाई थियो ।

यस्तै विद्यालयका प्रअ विशाखर जैशीले कोहलपुरमा दरबन्दी मिलानपछि म यो विद्यालयमा आएको बताए । उनले विद्यालयमा के कस्ता गतिविधि भैरहेका छन् भन्ने विषयमा जानकारी वा सुझाव दिनका लागि आउनुहुन अनुरोध समेत गरेका थिए । उनका अनुसार अहिले संघिय सरकार र स्थानिय सरकारको ५९ लाख ८० हजार ७ सय रुपैयाको लगानीमा ८ कोठे भवन निर्माण भएको प्रअ जैशीले बताए ।

सरस्वती माध्यमिक विद्यालयकाे ८ काेठे नयाँ भवन

सरस्वती माध्यमिक विद्यालयकाे टिनकाे छानाकाे घर