कोहलपुरमा सञ्चालित शिखा एकेडेमी विद्यालयको एक चर्चा




एकराज शर्मा

आज बिहान कोहलपुरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा अनुगमन गर्‍र्यौं । त्यो हो कोहलपुर नगरपालिका -८ नयाँ बस्तिमा अवस्थित विद्यालय हो शिखा एकेडेमी । शिखा एकेडेमी कोहलपुर प्रा.ली.द्धारा सञ्चालित छ ।

यो एक नविन शैक्षिक संस्थाको रुपमा रहेको पिपरीचोकदेखि १.३ कि.मी. पूर्वमा ५ विगाह क्षेत्रफलमा फैलिएको छ । शान्त, मनोरम तथा आकर्षक शैक्षिक संस्थाको परिकल्पना तथा परिवर्तनको केन्द्रका रुपमा थुप्रै क्षेत्रमा अनुभव, ज्ञान तथा विज्ञताले औतप्रोत शैक्षिक व्यक्तित्वहरुको लगानीमा सञ्चालनमा आएको हो ।

भौतिक तथा शैक्षिक सुविधाहरु मार्फत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा आजको २१ औं शताब्दिको समयमा आम जनशक्तिहरु विच प्रतिस्पधा गर्न सक्ने सक्षम, योग्य र सबल जनशक्ति उत्पादन गर्ने प्रतिबद्धत एक नविन संस्था हो । यसको दृष्टिकोण भनेको शैक्षिक मापदण्ड अनुसार पेशागत मूल्य र मान्यतामा आधारित मानव गुण तथा सीप उपयोगी दक्ष, क्षमतावान, योग्य, सक्षम तथा आकर्षक व्यक्तित्त्र उत्पादन गर्दे विश्व परिवशमा आम जनशक्तिले प्रतिस्पधा गर्न सक्ने खालको जनशक्तिमा जोड दिएको छ ।

उद्देश्यको हिसाबले भौतिक एवं शैक्षिक स्रोतहरु, अति दक्ष तथा समर्पित शैक्षिक व्यक्तित्वबाट प्रदान गरिने मूल्यमा आधारित शिक्षाद्धारा तयार पारिएको शैक्षिक जनशक्ति मार्फत शैक्षिक, सामाजिक तथा आर्थिक विकासाई अब्बल बनाउने रहेको छ । यस विद्यालयका सुविधाको चर्चा गर्दा यस क्षेत्रमा शैक्षिक रुपले फरक खालको सुविधाहरु प्रदान गर्दै आम बालबालिकाहरुलाई सिकाईमा सहजता ल्याउने मनसाय बमोजिम अगाडी बढेको पाईन्छ । जसमा विद्यार्थीमैत्री सिकाई वातावरण्को निर्माणमा अवस्थित रहेको छ । जसमा बालबालिकामा सिकाइमैत्रीको लागि खुल्ला वातावरणको तयार गरी स्वतन्त्र रुपमा आम सह-पाठीहरु विच छलफल गराउने, दण्ड रहित शिक्षामा जोड दिने, विद्यार्थीमा स्वतन्त्रता प्रदान गरेर सहजरुपमा आफ्ना विज्ञासा राख्नका लागि तत्पर रहने वातावरण तयार गर्ने, आत्मविश्वासका साथै स्पष्टता तथा विचारको स्पष्ट धारणा राख्न पाउने, बालमैत्री तथा सिकाइमेत्री वातावरणमा जोड दिने रहेको छ ।

हरेक कक्षाकोठामा वातानुकुलित ए.सी. कक्षाकोठाहरु भएको अनुभव समेत गरेर अनुगमन गर्ने काम गरियो । सी. सी. टि. भी. जडान सहित हरेक हरेक अभिभावकले आफना सन्ततिको गतिविधि तथा विद्यालय क्रियाकलाप समेत घरमा बसेर अवलोकन गर्न सकिने व्यवस्थाले झन नयाँपन दिएको छ । पठनपाठन मल्टिमिडिया युक्त श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर नयाँ ज्ञानको खोजीमा तत्पर रहने जनशक्ति उत्पादनमा यस संस्थाको सिकाई प्रक्रिया रहेको छ ।

खास गरेर आजको २१ औं शताब्दिमा सिकारुहरुलाई कितावी ज्ञानभन्दा पनि सिकाई तथा अनुसन्धानप्रति आकर्षण गर्नका लागि शैक्षिक, पर्यटकीय, धार्मिक तथा साँस्कृतिक अवलोकन एवम् परियोजना कार्यहरुमा बढिभन्दा बढि रिपोर्टहरु तयार गर्न लगाएर अनुसन्धानमूखी जनशक्ति उत्पादनमा जोड दिने यसको उद्धेश्य रहेको छ । यस संस्थामा हुवीबेस्ड सिकाइमा आधारित सिकारुको लागि मनपर्ने विधा अनुसार हरेक दिन १ घण्टा ३० मिनेट विषयविज्ञले स्वीमिङ, क्रिक्रेट, फुटबल, बास्केटबल, म्युजिक, पब्लिक स्पिकि, मार्सल आर्टस, फिल्ड भिजिट र नैतिक शिक्षामा आधारित अतिरिक्त क्रियाकलापको व्यवस्था रहेको दृश्य छ । जीवन उपयोगी शिक्षामा जोड तथा योग शिक्षाको माध्यमबाट योग शिक्षा प्रदान गर्न आजको आवश्यकता रहेको छ त्यो यो संस्थामा सहज देखिन्छ । गुणस्तरिय शिक्षा आजको आवश्यकता, विद्यालयमा नै खाना खाने व्यवस्थाले आजका व्यस्त अभिभावकको लागि यो अपरिहार्य पनि छ । सुविधायुक्त छात्रबास सहित अन्तराष्ट्रिय भाषको रुपमा चिनीयाँ भाषाको समेत सिकाई हुनुले यस संस्थाको गरिम तथा गुणस्तरीयतामा फकपन देखिन्छ ।

आजको २१ औं शताब्दियुक्त विद्यालययको आवश्कता परेको यो समयमा यो संस्थाले भोलीका दिनमा के कसरी अगाडी बड्न सक्छ त्यो हेर्न बाँकी नै छ । तर आज जे जसरी अगाडी बढेको छ त्यो यसको लागि निकै राम्रो काम हो । हामी गाउँ गाउँमा विद्यालय वा शैक्षिक संस्था खोल्नु राम्रो पक्ष हो तर हामीले गाउँ गाउँमा भट्टी खोल्नु नराम्रो हो । देशको समग्र विकासको लागि विद्यालय सञ्चालन गर्नु आजको आवश्कता हो । विद्यालयका प्रिन्सीपल टंक के.सी. संगको भेटमा यो विद्यालयको पूरै अनुगमन गर्नेमौका पाउनु हामी शैक्षिक व्यक्तिहरुको लागि राम्रो अवसर हो ।

एका विहान गरिएको यो विद्यालयको अनुगमन तथा विद्यालय वातावरण विद्यालय कक्षाकोठाको अवस्था तथा विद्यार्थी अनुशासनले एकछिन मलाई मनमोहक तथा आनन्दको अनुभूति भने नदिएको होइन । विद्यालयले गरेको स्वागत तथा मित्रवत व्यवहारको कारण विद्यालय परिवार तथा लगानी कर्ताहरु प्राज्ञिक भएको अनुभूति भएको छ । आउने दिनमा यस विद्यालयको उज्वल भविष्यको कामना सहित सबै विद्यालयको वातावरण यसखालको होस । शुल्क होइन गुणस्तरता तथा आजका विद्यार्थीहरुको सुविधामा ततपर भएर अगाडी बढौं आम अभिभावकको मन तथा आत्म एवम् शताब्दि अनुसारको शिक्षामा जोद दिने काम गरौ । जय शैक्षिक संस्था ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार