बागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, प्रतियोगितामा प्रथम कमला वली

कोहलपुर ।

बाँकेको कोहलपुर रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा ‘बागेश्वरी क्याम्पसमा शैक्षिक गुणस्तरीयताः आज र भोलि’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । स्नातक तह दोस्रो सेमेस्टरको आयोजनामा भएको कार्यक्रममा १० जना विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका क्याम्पस प्रमुख दान बहादुर हमालले प्रतियोगिताबाट व्यक्तित्व विकास, नेतृत्व क्षमता विकास र चौतर्फी विकासमा सहयोगमा पुग्ने बताउनुभयो । यस किसिमका कार्यक्रमबाट समुदाय एवम् समाजमा सहजीकरण गर्न सक्ने र यसले बोल्ने कला लगायत समाजमा प्रतिष्ठा सहित नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने दावी गर्नुभएको थियो । क्याम्पसले विगतदेखि वर्तमानसम्म शैक्षिक क्षेत्रमा विकासका निम्ती विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र भविष्यमा कार्यक्रम गर्ने उहाँले बताउनुभएको थियो ।

यस्तै स्वास्थ तथा जनसंख्या विभागका विभागीय प्रमुख एवं स्वास्थ खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितीका संयोजक श्री ज्ञानेन्द्र शाही, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख श्री एकराज शर्मा, अभ्यास शिक्षण विभागका विभागीय प्रमुख श्री प्रमोद सुवेदी लगायत पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, उप प्रा टेकेन्द्र कुमार महतरा, उप प्रा नवीन किशोर रत्न लगायत प्रथम तथा दोस्रो सेमेस्टरका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम कमला वली

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा ‘बागेश्वरी क्याम्पसमा शैक्षिक गुणस्तरीयताः आज र भोलि’ विषयमा वक्तृत्वकला प्रतियोगितामा प्रथम कमला वली प्रथम भएकी छिन् । यस्तै प्रतियोगितामा द्धितीय निर्जला खड्का, तृतीय निरुता थारु, सान्त्वना सीता पान्डे भएका थिए ।

प्रतियोगिता नातक तह दोस्रो सेमेस्टर विद्यार्थी मनोज वलिको सभापत्विमा भएको थियो भने युवराज विष्टले कार्यक्रम सञ्चालन गरेका थिए । सो प्रतियोगिताको निर्णायक मण्डलमा खोपिराम वलि क्षेत्री, एकराज शर्मा र प्रमोद सुवेदी रहेका थिए ।