बाँके जिल्लाको ८ स्थानीय पालिका मध्ये एक हो नरैनापुर गाउँपालिका । सामान्यतया नेपालगन्जदेखि ४० किलोमिटरमा गाँउपालिका अवस्थित छ । नरैनापुर गाउँपालिकाको समग्र शिक्षा क्षेत्रमा भएका गतिविधि, समस्या समाधानका विषयमा शिक्षा विकास तथा समन्वय ईकाइ समितिका प्रमुख रामसुरेश यादवसंग काेहलपुर टुडेले गरिएको संक्षिप्त कुराकानी :-
१. नरैनापुर गाँउपालिकाको समग्र शिक्षाको बारेमा जानकारी गराई दिनुहोस् न ?
⇒ प्रश्नको लागि धन्यवाद, अहिलेसम्म सन्तोषजनक रहेको छ । गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालय र २६ वटा मदरसा विद्यालय छन् । विद्यार्थीको अनुपात अनुसार प्रथामिक तहमा शिक्षकको दरबन्दी पुर्ण छन् भने माध्यमिक तहमा अपुर्ण छन् । संघियता आएपछि सम्पूर्ण अधिकार स्थानीय तहलाई जिम्मा लिएको छ । जसले निति, नियम, ऐन, कानून, कार्यविधि निर्माण गरी काम गर्न सक्ने अधिकार दिएको छ । नरैनापुरले शिक्षामा २ करोड बढि लगानी गरेको छ । खेलकुद, अतिरिक्त क्रियाकलाप प्रतियोगिता, माध्यमिक तहका शिक्षकलाई पूर्ण तलब, प्राथमिक तहका ११ जना शिक्षक पूर्ण तलब, भौतिक संरचना निर्माण लगायत कामहरु गरेको छ ।
२. नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा के कस्ता समस्याहरु छन् ।
⇒ नरैनापुर गाउँपालिकामा टिकाउपन र स्थानीय भाषाको ठुलो समस्या छ । एक शिक्षकलाई २०७६ सालमा स्थायी रुपमा पदस्थापन गरियो तर केही महिनापछि नरैनापुर पालिका भन्दा बाहिरका पालिका रोज्न थाल्छन् । एउटा जोसिला युवाहरुले केही शिक्षामा सुधार ल्याउछन् भन्यो पठायो फेरी पुनः दोहोरिन्छ सरुवा । यस्तो पक्रियालाई रोक्नका लागि धेरै प्रयासहरु भएका छन् तर पालिका र समन्वय ईकाइ सकेको अवस्था छैन । शिक्षकहरुले सबैभन्दा बढि कोहलपुर, नेपालगञ्ज, बैजनाथ, खजुरा, जानकी लगायतका पालिका रोज्छन् । यि पालिकाहरुमा पद खालि हुँदै जान्छ, संगसंगै निवेदन पनि आउँछ, सरुवा भएन भने शिक्षकले अनुकुतामा पढाउन पाउनुपर्छ भन्दै दवाव आउँछ । शिक्षक सेवा आयोगबाट पास भएर आएका शिक्षक प्रायजसो पहाडी र थारु रहेको तथ्थांकले देखाउँछ । तर त्यहाँ मुस्लिम र मधेसी समुदायका भएकोले भाषागत समस्या पनि छ । अहिले पनि महिनामा २ जना शिक्षक सरुवा हुने क्रम चलिरहेको छ । नरैनापुरमा बस्नका लागि उचित वातावरण नभएर होला नेपालगञ्ज वा अन्य पालिकाबाट त्यहाँ अध्यापन गराउन जान्छन् । मोटरसाइकलमा दैनिक आउँदा जाँदा खर्चिलो हुने भएकोले त्यहाँ शिक्षक टिकाउन समस्या भएको छ ।
३. शिक्षक टिकाउ र स्थानीय भाषाको समस्याको समाधानको लागि के गर्नुपला ?
⇒ महत्वपूर्ण प्रश्नको लागि धन्यवाद, शिक्षक टिकाउन र स्थानीय भाषा समस्या छ । यसको समाधान गर्न विभिन्न योजना समेत निर्माण भइसकेका छन् । शिक्षक टिकाउनका लागि बाहिरबाट आएको शिक्षकलाई आवास र खानेकुराकोे व्यवस्था गरिने । यदि भवन नभएको खण्डमा भवन बनाउने लगायत अन्य योजना बनाएका छौं । यस्तै अर्को समस्या भनेको नरैनापुर गाउँपालिकामा मधेसी र मुस्लिम समूदाय भएकोले भाषागत र साँस्कृतिक समस्या छ, जसका कारणले शिक्षक त्यहाँ बस्न रुचाउँदैनन् । पछिल्लो अवस्थामा पहाडी र थारु जातिका युवाहरुले शिक्षक सेवा आयोगबाट नाम निकालेको पाइन्छ । त्यसकारणले विभिन्न कारणले गर्दा शिक्षक टिकाउन निकै समस्या छ । शिक्षकलाई खुसी बनाई पालिकामा टिकाउन थप सेवा सुविधा दिएर अथवा अन्य केही गरेर यसको समाधान गर्न सकिन्छ । स्थानीय भाषाले गर्दा नेपाली भाषा र अंग्रेजी भाषा नबोलिने भएको हुँदा समस्या सिर्जना भएको देखिन्छ । त्यसमा पालिकाको निर्देशनमा कक्षा कोठामा अनिवार्य रुपमा नेपाली र अंग्रेजी भाषा बोल्ने किसिमको नियम लागु कार्यान्वय गराउन सकिन्छ । नेपाली भाषामा प्रतियोगिता बनाईदिने, त्यहाँ कस्ले नेपाली भाषा बोल्न सक्छ, लेख्न सक्छ त्यसलाई पुरस्कारको व्यवथा गरिदिने जस्ता क्रियाकलाप गरियो भने त्यहाँ नेपाली भाषाबाट शिक्षण गर्न सकिन्छ । पालिकामा शिक्षक टिकाउ र नेपाली भाषा सम्बन्धी केही दिनमा कार्यक्रम सञ्चालन गनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्