Kohalpur Today Header Ads

झुठा आश्वासन बाड्दै विद्यार्थीहरुको भविष्यमा खेलवाड गरेकाे भन्दै नोवेल टेक्निकललाई चेतावनी




काेहलपुर ।

नेवि संघ र अनेरास्ववियुले कोहलपुरको नोवेल टेक्निकल एण्ड मेडिकल साइन्स कलेजलाई चेतावनी दिएको छ । उक्त कलेज प्रशासनले गैरजिम्मेवारी पुर्णकार्य गरेको भन्दै विद्यार्थी संगठनले संयुक्त रुपमा प्रेसविज्ञप्ती मार्फत चेतावनी दिएको हो ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न बाहानामा झुठा आश्वासन बाड्दै विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरिएको र कलेजले अन्तिम परिक्षाको फाराममा समेत अवरोध गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सो गैरजिम्मेवारी पुर्णकार्य प्रति ध्यानआकर्षण गराउदै २४ घण्टा भित्र कलेज प्रशासनलाई सच्चाउन संयुक्त विद्यार्थी संगठनले निर्देशन दिएको छ । यदि प्रशासनले यस विषयमा चासो नराखी नजरअन्दाजी गरे कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

 

हामी संगको सम्पर्कमा अनेरास्ववियू कोहलपरका अध्यक्ष तथा चर्चित विद्यार्थी नेता युवराज बुढाले भने, “हामीले कलेज प्रशासनलाई गल्ती सुधार्ने अवसर दिएका छौँ, सो कुरालाई कमजोरी सोचे र समय सिमा भित्र मागको सुनुवाई नभए आधिवेहेरीको सृजना गर्ने” चेतावनी दिएका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार