Kohalpur Today Header Ads

तक्षशिला एकेडमीमा दन्त सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको लक्षशिला एकेडेमीमा दन्त सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवसलाई एक औपचारीक कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । नेपाल डेन्टल एसोसियसन बाँकेको आयोजना र लक्षशिला एकेडेमीको व्यवस्थापनमा सो कार्यक्रम गरिएको हो ।

दन्त सुरक्षा सम्बन्धी कार्यक्रमबाट करिब ५ सय जना लाभान्वित भएको विद्यालयका अध्यक्ष विष्णु वेल्वासेले जानकारी दिनुभएको थियो ।
यस्तै वेल्वासेका अनुसार सोही अवसरमा हाजिरिजवाफ प्रतियोगिता समेत गरिएको बताए । सो प्रतियोगितामा ३५ जना टिमको सहभागि रहेको उहाँको भनाई थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै कार्यक्रममा तक्षशिला एकडेमी बाँकेका नि.प्रिन्सिपल चिरायु मान वि.क., विद्यायका प्रमुख खोपीराम वली, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्कर रिजाल, नेपाल डेन्टल एशोसियसन वाँकेका अध्यक्ष डा.विश्वनाथ चौधरी लगायत उपस्थित हुनुभएको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार