तक्षशिला एकेडमीमा दन्त सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको लक्षशिला एकेडेमीमा दन्त सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवसलाई एक औपचारीक कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । नेपाल डेन्टल एसोसियसन बाँकेको आयोजना र लक्षशिला एकेडेमीको व्यवस्थापनमा सो कार्यक्रम गरिएको हो ।

दन्त सुरक्षा सम्बन्धी कार्यक्रमबाट करिब ५ सय जना लाभान्वित भएको विद्यालयका अध्यक्ष विष्णु वेल्वासेले जानकारी दिनुभएको थियो ।
यस्तै वेल्वासेका अनुसार सोही अवसरमा हाजिरिजवाफ प्रतियोगिता समेत गरिएको बताए । सो प्रतियोगितामा ३५ जना टिमको सहभागि रहेको उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा तक्षशिला एकडेमी बाँकेका नि.प्रिन्सिपल चिरायु मान वि.क., विद्यायका प्रमुख खोपीराम वली, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्कर रिजाल, नेपाल डेन्टल एशोसियसन वाँकेका अध्यक्ष डा.विश्वनाथ चौधरी लगायत उपस्थित हुनुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार