प्रदिप कुमाई, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको भोलि मंगलबारक दिन ठिक -११ बजे औपचारिक कार्यक्रम गरेर समपन हुने भएको छ । आठौं दिनमा पनि दान दिनेदाताहरुको घुईचो लागेको छ । दान गर्ने दाताहरुको लागि मन खोलेर दान गर्न महायज्ञ संचालन समितिले वताएको छ । उक्त श्रीमद भागवत धनधान्यन्चल महायज्ञमा मध्यपश्चिम विश्वविद्याल वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले आफ्नो स्व. हजुरबुबा केशरलाल उपाध्याय, हजुर आमा तुलसा उपाध्यायको स्वर्ग मोक्ष प्राप्तिको कामना गर्दै, छोरा रोमर्स उपाध्याय, छोरी रेनेशा उपाध्यायको मनोकांक्षा एवम् दिर्घायु र विद्या प्राप्तिको कामना, बाबा नन्द कुमार शर्मा आचार्य, आमा केवला आचार्यको दिर्घायुको कामना र बहिनी भगवती पोख्रेल, जुवाई नवराज भन्डारी, भान्जा निबेश भन्डारीको दिर्घायु तथा विद्या प्राप्तिको कामना, मनोकामना पूरा होस भन्दौ र सम्पूर्ण आफ्न्तजनको राम्रो होस भन्दै उक्त महायज्ञमा ११, ५५५ रुपैयाँ दान गरेका छ्न । शर्माको घर परिवारबाट जम्मा रकम ४६ हजार दान जम्मा भएको मुल आयोजक समितिका अध्यक्ष भिम प्रसाद खरेलले जानकारी दिए । महायज्ञमा शर्माका दाजु कोहलपुर -१२ निवासी तेजराज शर्माले २७, ९९६ दान दिएका छ्न । उनी दान गर्नेहरु मध्ये दोस्रो दाता भएका छ्न । बढी दान गर्ने दातालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा राख्ने घोषणा समेत गरेको मिडिया संयोजक एकराज शर्माले वताए । महायज्ञमा हाल सम्मकै सर्वश्रेष्ठ दाताको रूपमा कोहलपुर वडा नं १२ निवासी सुमन घिमिरे यथावत रहेका छ्न । यदि भोलिका दिन सम्म कसैले यो भन्दा बढी रकम दान नगरे सायद सुमन घिमिरे नै उक्त दिनको प्रमुख अतिथि हुने सम्भावना रहेको अध्यक्ष भिम खरेलले जानकारी दिए । उनले उक्त महायज्ञना रु ५५,५५५। रुपैयाँ दान गरेका छ्न । उनले आज सम्म बढी रकम दान गरी सबैभन्दा बढी दान गर्ने दाता बनेका हुन् । आठौं दिन सोमबार मात्र करिव ३ लाख जति रकम संकलन भएको खरेलले वताए । उक्त महायज्ञमा आज कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, वडा नं -१२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह लगायतको उपस्थिति रहेको थियो । उनीहरुले पनि दान गरेको खरेलले जानकारी दिए । कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतमा महायज्ञ सन्चालनको उदेश्य भनेको मसुरी खेतको श्री ॐ कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको हो । सप्ताह ज्ञान महायज्ञको वाचक पन्डित श्री रामचन्द्र तिमिल्सिना, उप वाचकहरु द्वय विस्णु प्रसाद तिमिल्सिना र हरिचन्द्र तिमिल्सिना रहेका छ्न । उक्त महायज्ञमा शिलालेख लेख्नका लागि १०००१ माथी दान गर्न सकिन्छ । उक्त महायज्ञमा १००० सम्मको दान लाई नाम वाचन सहित टीका प्रसाद, १००१ देखि ३५०० सम्म प्रमाणपत्र र माथिको सबै, ३५०१ देखि १०००० सम्म चक्लेटी फ्रेममा प्रमाणपत्र र रामनामीले सम्मान र माथिको सबै, १०००१ देखि २०००० सम्म गोल्डेन फ्रेममा प्रमाणपत्र सहित माथिको सबै ३५००० देखि ५०००० सम्म डब्ल कभर सहितको फ्रेममा प्रमाणपत्र सहित फुल माला सहित मन्दिर परिक्रमा र सो भन्दा माथी माथिका सबै सहित कोहलपुर चौराह परिक्रमा पन्चेवाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए । उक्त महायज्ञमा तुलादान, चौरासी पुजा ब्रतबन्ध , पुजा आजा पनि निश्चित पैसा तिरेर गर्न सकिने वताए । जसमा क्रमश ११ हजार, ८००० र ५००० रकम दान दिएमा गर्न सकिने र भोलि -११ बजेदेखि औपचारिक रुपमा महायज्ञको समापन हुने मुल आयोजक समितिका सदस्य सुरेन्द्र सापकोटाले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्