काेहलपुर
काेहलपुर नगरपालिका-१४ ठडा गाँउमा लागेकाे आगाे नियन्त्रण लिएकाे छ ।
आज दिउसाे ३ बजेदेखि आगलागी भएकाे काेहलपुर नगरपालिका १४ ठडा गाँउकाे चाहे गडहरीकाे गाेठमा आगलागी भएकाे थियाे । गडहरीकाे घरमा रहेकाे विद्युतको मिटर बक्सबाट तार सर्ट भएर आगलागी भएकाे ईलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी सुन्दर तिवारीले बताए ।

तिवारीका अनुसार नाबालक गाेठमा सुतिरहेकाे बेलामा एक्कासी आगलागी भएपछि तुरून्त नाबालक निकालिएकाे थियाे र खरले बनाएकाे गाेठमा भएका सामानहरू पुर्ण रूपले जलेकाे छ ।
समयमा नै आगलागी नियन्त्रणा लिएपछि मानविय क्षति नभएकाे तिवारीले काेहलपुर टुडेलाई बताए । अहिले साे क्षेत्रमा विद्युतको लाइन काटिएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाकाे दमकल समेत १५ मिनेट मै घटना स्थलमा पुगेकाे थियाे ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्