Kohalpur Today Header Ads

अखिल(क्रान्तिकारी) सल्यानको इन्चार्जमा मनोज बुढाक्षेत्री




Statue of Liberty on the background of USA flag

कोहलपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) सल्यानको इन्चार्जमा मनोज बुढाक्षेत्री भएका छन् । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकले बुढाक्षेत्रीलाई सल्यानको इन्चार्जको जिम्मेवारी दिइएको हो ।

यस्तै अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले सार्वजनिक विवरणअनुसार सल्यानको इन्चार्जमा मनोज बुढाक्षेत्रीलाई नेतृत्व दिने निर्णय भएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।

बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ । सङ्गठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार