कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—५ मा रहेको निलसागर आश्रमलाई विश्व दुग्घ दिवसको अवसरमा कोहलपुर डेरी एशोसियसनले ४० लिटर दुग्धजन्य पदार्थ हस्तान्तरण गरेका छन् ।
‘दुग्ध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रबद्र्धन’ भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक अनिता बुढा क्षेत्री प्रमुख अतिथ्यता र कोहलपुर डेरी एशोसियसनका अध्यक्ष रमिला थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

निलसागर आश्रममा रहेका अभिभावकलाई आफ्नै हातले दुग्ध खुवाएर हस्तान्तरण गरेका हुन् । नेपालगञ्ज दुग्ध वितरण आयोजना कोहलपुरको समन्वय र कोहलपुर नगरपालिका र राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग कार्यक्रम भएको थियो ।
नेपालगञ्ज दुग्ध वितरण आयोजना कोहलपुरका प्रमुख दिलिप चौधरीले निलसागरमा दुग्घजन्य पदार्थ वितरण गर्न पाउँदा निकै खुसी भएको बताए ।
उनका अनुसार पश्चिम क्षेत्रका ठुलो र गौरवको आयोजना पाउडर प्लाण्टको पहिलो चरणको काम सकिएको र अब दोस्रो चरणमा बजेटको शुनिश्चिताको लागि सम्पूर्ण क्षेत्रबाट सहयोगको भूमिका खेलिदिनुहुन अनुरोध समेत गरेका थिए ।

कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक अनिता बुढा क्षेत्रीले डेरी उद्योगहरुका लागि के कस्ता कार्यक्रम ल्याउँदा राम्रो र प्रभावकारी हुन्छ ? सो कार्यक्रम बनाएर नगरपालिका आउन आग्रह गर्दै विश्व दुग्ध दिवसको शुभकामना समेत दिएकी थिइन् ।
कार्यक्रममा कोहलपुर डेरी एशोसियसनका उपाध्यक्ष चन्द्र बहादुर रावत, कोषाध्यक्ष हरि भण्डारी, सचिव धन प्रसाद अधिकारी लगायतको उपस्थित रहेको थियो भने सन्तोष पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्