बागेश्वरी बहुमुखी क्याम्पसमा ९९ प्रतिशत विद्यार्थीहरु उतिर्ण




बागेश्वरी बहुमुखी क्याम्पस यस क्षेत्रमै उच्च शिक्षा प्रदान गर्ने एकमात्र क्याम्पस हो । यो क्याम्पस २०४८ सालमा स्थापित भएको हो । यस क्याम्पसमा विगतमा कक्षा ११ देखि स्नातकोत्तर तह सम्म पठन पाठन हुँदै आएकोमा हाल कक्षा ११ र १२ माध्यमिक तहमा गाभिएकोले पठन पाठ्न गरिएको छैन । हाल यस क्याम्पसमा स्नातक तह देखि स्नातकोत्तर तह सम्म पठन पाठन हुँदै आएको छ ।

स्नातक देखि स्नातकोत्तर तह सम्म शिक्षा, मानविकी, व्यवस्थापन संकायमा विभिन्न विषयहरुको पठ्न पाठन हुँदै आएको छ । २०७५ साल सम्म त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त पब्लिक क्याम्पसका रूपमा रहेको भएता पनि वि स २०७५ देखि यो क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको छ । यस क्याम्पसको नतिजा बिगत देखि नै यस क्षेत्रमै राम्रो ल्याउने गरेको छ । यश क्याम्पस बाट उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीहरु देश भित्र तथा देश बाहिर सरकारी एवम गैरसरकारी कार्यालय मा काम गर्दै आएका छ्न ।

कोहलपुर नगरिमा उच्च शिक्षा प्रदान गर्दै आएको एक मात्र सरकारी क्याम्पस आम अभिभावकले नजरमा पुर्ण रूपमा परेको छैन । यो क्याम्पसले विगत देखि विभिन्न संकायमा विभिन्न विषयमा प्रदान गर्दै आएकोमा यस क्षेत्रका आम मानिसहरुले त्यसको अनुभुती गर्न पाएका छन ।

हाल मध्यपश्चिम विश्वविद्यालयको नतिजालाई समिक्षा गर्दा राम्रो नतिजा ल्याउन सफल भएको छ र यस क्याम्पसले यस कार्यलाई निरंतरता दिने सवालमा अहोरात्र लाग्नका लागि लागि परेको क्याम्पसमा प्रमुख दान बहादुर हमालले जानकारी दिए । यस क्षेत्रको अब्बल, सफल तथा आम अभिभावकको क्याम्पस बनाउने सवालमा सबैको ध्यान जानू पर्ने धारण उनको छ ।

यसै सन्दर्भमा शिक्षाशास्त्र संकाय अन्तर्गतको पाठ्यक्रम तथा मूल्याङकन विभागले विगत देखि स्नातक तथा स्नातकोत्तर तहमा शत प्रतिशत नतिजा ल्याउने गरेको छ । हालै मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र संकाय एम एड दोस्रो सेमेस्टरको नतिजा प्रकाशन गरेकोमा पाठ्यक्रम तथा मूल्याङकन मूल विषय अध्ययनरत ९९ प्रतिशत विद्यार्थीहरु उतिर्ण गर्न सफल भएको जानकारी विभागीय प्रमुख एकराज शर्माले जानकारी दिए ।

यस कार्यमा आफन विभागमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुको निकै मेहनत एवम अहोरात्र खटिएर भएको हो । यस्तै नतिजा विगतमा पनि आएको र आउने दिनमा पनि शत प्रतिशत नतिजा ल्याउनमा आफनो विभागमा कार्यरत प्राध्यापक लागि पर्ने कुरामा आफुह विश्वस्त रहेको जानकारी दिए । हिजोको समिक्षा गर्दै आगामी दिनको रणनीति, कार्यनीति तथा योजना बनाएर अगाडि बढनु पर्ने अवस्था सिर्जना भएको तर्क विभागका उप प्रा टेकेन्द्र कुमार महतराले जानकारी दिए ।

हामी पठन पाठनमा मात्र होइन विद्यार्थीको सर्वाङगिण पक्षको विकास गर्न, उनिहरुको मनोविज्ञान, उमेर, स्तर, क्षमता, आकांक्षा लगायका विविध सवालमा ध्यान्व दिने मात्र होइन अतिरिक्त क्रियाकलापमा ध्यान दिने गरेका छौ भन्ने तर्क पुर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारीले जानकारी दिए । उतिर्ण विद्यार्थीलाई बधाई दिदै आगामी दिनमा पनि यस्तै कार्यमा लाग्न समेत अनुरोध समेत विभागीय प्रमुख शर्माको शुभकामना पत्रमा उल्लेख गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार