कोहलपुर । चर्चित गायक प्रकाश सपूत र प्रमोद खरेलको सांगीतिक प्रस्तुतिसहित बाँकेको कोहलपुरमा ‘सुरताल म्युजिकल टुर २०८३’ आयोजना हुने भएको छ । सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा।लि।को आयोजनामा आगामी मंसिर ११ गते कोहलपुर खुला मञ्चमा कार्यक्रम हुन लागेको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रम दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रकाश सपूत, प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, फिरन्ते ब्यान्ड तथा भाका नेपाल ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहनेछ । चर्चित कलाकार र ब्यान्डहरूको एकै मञ्चमा प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।कार्यक्रमको सञ्चालन कृष्णराज अधिकारी र समता थापाले गर्नेछन् ।
आयोजक संस्थाका अध्यक्ष प्रशान्त सुनारले सुरताल म्युजिकल टुर मनोरञ्जनमा मात्र सीमित नभई नेपाली संगीत, कला र सिर्जनालाई देशव्यापी रूपमा जोड्ने अभियान भएको बताए । उनका अनुसार नेपाली संगीतलाई देशका सातै प्रदेशका विभिन्न भूगोल, समुदाय र दर्शकमाझ पु¥याउनुका साथै स्थानीय सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य कार्यक्रमको रहेको छ ।
कार्यक्रममा सहभागी हुन इसेवामार्फत टिकट खरिद गर्न सकिनेछ । आयोजकका अनुसार एउटा टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको छ भने इसेवामार्फत टिकट ५०० रुपैयाँमा दुईवटा उपलब्ध हुनेछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्