Kohalpur Today Header Ads

सेवाग्राहीसँग रकम लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी जवान निलम्बित




Photo By AI

Photo By AI

कोहलपुर । सेवाग्राहीसँग रकम लिँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले घटनामा संलग्न प्रहरी जवानलाई निलम्बन गर्दै थप अनुसन्धान अघि बढाएको हो।

निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान तोपबहादुर खड्का रहेका छन्।

LIfe Ok

ट्राफिक प्रहरीको पोशाकमै ड्युटीमा खटिएका उनीहरूले सेवाग्राहीसँग रकम लिइरहेको भिडियो मंसिर १० गते फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरी कार्यालयको ध्यानाकर्षण भएको र घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार दुवै प्रहरी जवानलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको हो।

प्रहरीका अनुसार निलम्बित दुवै जवानमाथि घटनाको वास्तविकता पत्ता लगाउन थप छानबिन तथा अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट घटनाको तथ्य र जिम्मेवारी यकिन हुने प्रहरीले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर १४ गते आइतबार