हाम्रो अड्डाले व्यापारको नाममा लुटतन्त्र मच्चाएको उपभोक्ताको आरोप

कोहलपुर ।

बाँकेको कोहलपुरमा ११ मा रहेको हाम्रो अड्डाले व्यापारको नाममा लुटतन्त्र मच्चाइरहेको उपभोत्ताले बताएका छन् ।

शुक्रबार एक उपभोक्ताले विल देखाउँदै कोहलपुर टुडेसंग भने, हाम्रो अड्डामा निकै लुटतन्त्र मच्चाइरहेको रहेछ, बजारको रेट ३ सय देखि ३ सय ५० सम्म पर्छ यसको व्यापारीहरुले कम्तीमा पनि ४ सय जति पर्न जान्छ उपभोक्ताले भने तर यहाँत एउटा जम्बो कोकलाई समेत ५ सय ५० लियो । यो व्यवसायको नाममा लुटतन्त्र मच्चाएको भन्दै आरोप लगाएका छन् ।

सोही विषयमा कोहलपुर टुडेको कुराकानीमा हाम्रो अड्डाका सञ्चालक कौसल भण्डारीले भने, हाम्रो गल्ती भएकै हो भन्दै स्वीकारेका छन् तर त्यो हाम्रो काम गर्ने व्यक्तिले नै गिलासको हिसाबमा गरेछ त्यसमा बोतलको हिसाब नगरेपछि यस्तो समस्या आएको उनले बताए । फेरी ५/६ जनाको टोलि थियो । त्यो समयमा म आफु पनि थिए तर मैले क्यास ब्याक गर्न लागेको बेलामा उहाँहरुले मान्नुभएन त्यसमा मेरो कुनै दोष छैन भण्डारीले भने ।