बाँसगढी महोत्सवमा मंगलबार बिशेष रौनता, २५ गते गायिका प्रिति आले, मोडल टिका जैसी आउदै

रावन विश्वकर्मा,

बर्दियाको बाँसगढीमा जारी महोत्सवको मंगलबार बिशेष रौनता देखिएको छ । फागुन १६ गते देखी जारी महोत्सवमा नवौँ दिनमा हजारौ दर्शकहरुको उपस्थितिले मेलाको छुट्टै रौनता देखिएको थियो । मंगलवार झण्डै १४ हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारुले बताउनु भयो ।

२४ गते मंगलबार म यस्तो गित गाउछु २ को टिम र गायक प्रमोद खरेललाई हेर्ने दर्शकहरुको घुईचो थियो । म यस्तो गित गाउछु २ कि नायिका पुजा शर्मा, चलचित्र निर्माता तथा नायक सुदर्शन थापा, निर्देशक सोभित बस्नेत लगायतको टिम मञ्चमा देखिए सँगै दर्शकहरुको कोकाहलले माहोल तातियो । दर्शकहरु भिड थाम्न सुरक्षाकर्मी र संयमसेवकहरुलाई हम्मे हम्मे पर्यो ।

त्यस्तै गायक प्रमोद खरेलको प्रस्तुतीले त झनै झुम्न रम्न र नाच्न बाध्य बनायो । प्रमोदले आफ्ना दर्शनौ गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । उनले बिजुलीको तार, चल बतास चल, मेरो दिल छ पोखरामा, ओई झुमा लगायतका गित आएका थिए ।

त्यस्तै थारु गायक नरेश जोगीले पनि दर्शकहरुलाई बिशेष मनोरञ्जन दिए । महोत्सवमा भोली बुधबार २५ गते गायिका प्रिती आले, मोडल टिका जैसी, गायक श्रीनिवास चौधरी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जानकारी दिनुभयो ।

२५ गते सम्म चल्ने महोत्सवमा बर्दिया डान्स आईडलको समेत आयोजना गरिएको बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेलले जनाउनु भयो । पौडेलका अनुसार मेलामा थारु कला संस्कृति र थारु परिकार सहितको थारु गाँउ, बिभिन्न बाल उद्यानका सामाग्री, किन मेलका लागि बिभिन्न व्यापारिक स्टलहरु समेत मेलाका आकर्षणहरु रहेका छन । मेला अवधि भर झन्डै १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।