सकियो माओवादी बैठक के के गर्‍यो निर्णय ?




तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिए ।

उनले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए । यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

राताेपाटीबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार