Kohalpur Today Header Ads

माओवादी केन्द्रकाे बाँकेबाट ४ केन्द्रीय सदस्यमा मनाेनित




माओवादी केन्द्रको जारी केन्द्रिय समिति बैठकमा बाँके बाट ४ जना केन्द्रिय सदस्य मनाेनित भएका छन् ।

युवा नेता तथा अखिल क्रन्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने मुश्लिम नेता अतहर हुसेन फारुकी, महिला नेतृहरु पार्बति पुन उषा र कृष्णा केसी नमुना केन्द्रिय समितिमा मनाेनित भएका हुन् । सबै माओवादी केन्द्रका युवा नेता हुन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको हो ।

युवालाई महत्त्व : प्रचण्ड

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई पार्टीमा महत्वपूर्ण स्थान दिने भनेर गरेको बचन पुरा गरेका छन् । अध्यक्ष प्रचण्डले गत पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशन हलमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दा पार्टी संगठनमा लामो योगदान गरेका युवा विद्यार्थीहरु नपरेको भन्दै युवाहरूबाट असन्तुष्टि भएको थियो ।

त्यसपछि अध्यक्ष प्रचण्डले केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका युवा विद्यार्थीलाई पार्टी केन्द्रीय समितिमा ल्याउने बताएका थिए । सोही बचनअनुसार प्रचण्डले विस्तारित केन्द्रीय समितिमा रञ्जित तामाङ, उत्तम अधिकारी, विष्णु सापकोटा, सुमन देवकोटा, रमेश मल्ल लगायतलाई समेटेका हुन् । उनीहरुलाई क्लस्टर अनुसार केन्द्रीय समितिमा सिफारिस गरिएको हो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार