आदरणीय कोहलपुर बासी दाजुभाइ, आमाबुबा, दिदिबहिनी, किसान, मजदुर, प्राध्यापक, शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, उद्योगि, व्यापारी, नागरिक समाज लगायत सम्पूर्ण नगरबासीहरुमा अनुरोध छ ।
वि स २०५८ सालमा स्थापना भएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र हाल झन्डै १३००० विभिन्न पुस्तकहरु रहेको यहाँहरुमा अवगत गराउंन चाहन्छु । झन्डै २१ वर्ष दुई दशक भन्दा बढी ईतिहास बोकेको यो पुस्तकालयमाविगत देखि नै बालकक्षा सञ्चालन हुँदै आएको छ । जहाँ बालबालिकाहरु रमाइलो वातावरणमा हाँस्दै र खेल्दै प्रारम्भको सिकाई सिकिरहेका छ्न ।
पुस्तकालयको सभाहल छ विगत देखि नै कोहलपुरका सरकारी एवम् गैरसरकारी संघ संस्थाले उक्त हलमा विभिन्न कार्यक्रम गर्दै आएकोमा हाल त्यो अवस्था आउन सकेको छैन । त्यो अवस्थाको सिर्जना गरिदिन अनुरोध छ । पुस्तकालयमा वर्तमानमा निकै उच्च खालको कम्प्युटर ल्याव जहाँ एकै पटकमा १५ जना भन्दा बढी बालबालिकाले कम्प्युटर सिक्ने अवसर पनि रहेको छ । जसबाट आवश्यक पर्ने नेट सुविधा समेत प्राप्त गर्ने अवसर समेत रहेको छ ।
पुस्तकालयमा विभिन्न पुस्तक अध्ययन गर्नका लागि हरेक दिन १० बजेदेखि ५ बजेसम्म खुला रहदै आएको छ । हामीलाई आवश्यक पर्ने पुस्तक घरमा लियर एक हप्ता सम्म अध्ययन गर्न पाउने अवसर समेत रहेको छ । विगतमा शनिबारको दिन सयौ पाठकहरु आएर अध्ययन गर्ने गरेको यो पुस्तकालय आज भोलि त्यसको १० प्रतिशत पाठकहरुको उपस्थित नहुनुले पुस्तकालय कार्यसमितिलाई निकै दुखी बनाएको छ । आदरणीय सम्पूर्ण अध्यानसिल पाठकहरुले अध्ययन कार्यलाई बढाई पुस्तकालयको शोभा बढाउन र आजका आम नागरिकमा अध्ययन गर्ने बानिको अन्त्य भएकोले त्यसको निराकरण गरि हरेक दिन पानु हुन आग्रह र अनुरोध गर्न चाहन्छौं ।
लुम्बिनी प्रदेश, सुदरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको केन्द्रविन्दु कोहलपुरको मुटुमा अवस्थित यो पुस्तकालय नगरपालिका नगर सरकारको सान हो । हामी सबै कोहलपुर बासिको गौरव रहेको शैक्षिक संस्था हो । यस तर्फ आम सरोकारवालाहरुको ध्यान जाने कुरामा विश्वास रहेको छ ।
सम्पूर्ण नगरबासीको साथ, सहयोग र पसिना त छ नै । नगर सरकारको पूर्ण जिम्मेवारिले यो संस्थाको गरिमा उच्च हुने छ । साथै रिड नेपालको आर्थिक सहयोग र सल्लाह पनि त्यतिकै महत्वपूर्ण कार्यले यस संस्थाप्रतिको हेराइमा सकारात्मक रहेको छ । पाठहरुको आगमन भएर पुस्तकालयलाई पुस्तकालयका रूपमा विकास गर्नका लागि हामीलाई आवश्यक राय, सुझाव एवम् परामर्श प्रदान गरिदिन पनि सम्पूर्ण सरोकारवाला सहित पाठक एवम् सहयोगी हातहरुमा अनुरोध छ ।
साथै अन्त्यमा पुस्तकालयको वृह्त विकास गर्नका लागि सम्बन्धित निकाय, व्यक्ति, देश एवम् विदेशमा रहेका आम नेपाली दाजुभाइ दिदिबहिनी, सरकारी गैरसरकारी संघसंस्था, नागरिक समाज, उद्योगपति व्यापरीहरुमा हार्दिक अपिल गर्दछु । यहाँहरुको थोपा सहयोगले नदिको स्वरुप हुने आशा र विश्वासका साथ सरोकारवालाहरुमा हार्दिक अनुरोध छ ।
एकराज शर्मा
(सचिव)
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, बाँके
Adv.
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्