Kohalpur Today Header Ads

प्रेस युनियनको भित्तेपात्रो विमोचन




नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो विमोचन गरिएको छ । नेपालगन्ज–१४ भवानियापुरस्थित सिटी हलमा शनिवार नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनमा काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

त्यसक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, मैकुलाल बाल्मिकी, गोपाल दहित, काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन, काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, लुम्विनी प्रदेश महासचिव नवीन गिरी लगायत युनियनका अग्रज नेता, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

LIfe Ok

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालका अनुसार युनियनले नयाँ वर्षका अवसरमा भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । गत वर्ष महामन्त्री गगन थापाले काँग्रेस पार्टी कार्यालयमा भित्तेपात्रोको विमोचन गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २९ गते शनिबार