कोहलपुर टुडेको रिपोर्टले पठनपाठन भद्रगोल बनाउने शिक्षकको तलब कटौती




डिल्ली शाही । बाँकेको बैजनाथ गाउँपालिका ५ बनकटुवामा रहेको सिंह भवानी आधारभूत विद्यालयका शिक्षकहरुको बैजनाथ गाउँपालिकाले तलब कटौती गरेको छ । कोहलपुर टुडे डटकमले माघ २८ गते ‘स्थलगत रिपोर्ट–१ : बैजनाथको सिंह भवानी आविमा शिक्षकको मनपरी, ३ नै बजे विद्यालय बन्द’ रिपोर्ट सार्वजनिक गरेको थियो ।

सोहीका आधारमा बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालले शिक्षकको तबल कटौती गरेको बताए । विद्यालयमा आउने र विवाह, पार्टीका नाममा भद्रगोल बनाउने शिक्षकलाई कडाईका साथ अगाडी लैजाने गरेको बताए । शिक्षा क्षेत्रमा धेरै सुधार गर्न खोजेका छौं उनले भने त्यसमा पूर्ण रुपमा मिडियाको भूमिका हुने छ । यहाँहरुले प्रकाशन गरेका रिपोर्टका आधारभा सत्य तथ्य छानविन गरी कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शिक्षा क्षेत्रमा कुनै पनि किसिमको मनपरी स्वीकार्य नहुने बताए । जो सुकै भएपनि शिक्षामा विद्यालय समयभित्र हुने क्रियाकलाप, पालिकाबाट दिइने सुविधा र अन्य शाखाबाट हुने गतिविधिलाई वेवास्था गर्ने शिक्षकलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

कोहलपुर टुडे डटकमले स्थलगत रिपोटिङ्गमा गएको थियो मंगलबार (माघ २७) करिब ३ बजे । प्रअ रिनाझारु चौधरी र केही ७/८ जना विद्यार्थी थिए । अन्य शिक्षक र कर्मचारी भने अनुपस्थि थिए तर कर्मचारी र शिक्षकको हाजिरि भने हाजिरी कितावमा भने हाजिरी लगाएका थिए ।

सोही अवस्थामा सिंह भवानी आधारभूत विद्यालयका रिनझारु थारुले विद्यालयका अधिकांश शिक्षकहरूले विद्यालय समयको पालना नगर्ने र आफुलाई नटेर्ने गर्ने गरेको बताएका थिए ।

शिक्षकहरू बिहान हाजिर गरेर कक्षा नलिई घर जाने, ढिलो विद्यालय आउने र नियमित रूपमा विद्यालय नै नआउने गरेको बताउँदै विद्यालयका प्रधानाध्यापक रिनाझारु चौधरी स्वयं कार्यालय समयभन्दा अगावै विद्यालय बन्द गरी घर जाने गरेको बताएका थिए ।

विद्यालयमा प्रधानाध्यापक रिनाझारु चौधरी, स्थायी शिक्षक कन्हैयालाल थारु र कैलासपति थारु, राहत शिक्षक सुनिता रावल र अनिता चौधरी, शिक्षण–सिकाइ अनुदानमा माधव ओली, गाउँपालिका शिक्षक अनुदानमा उमेश थारु तथा बालविकासतर्फ चन्द्रमा थारु र रामरति थारु रहेका छन् । उक्त विद्यालयमा हाल ८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।

थप समाचार

स्थलगत रिपोर्ट-१ : बैजनाथकाे सिंह भवानी आविमा शिक्षकको मनपरी, ३ नै बजे विद्यालय बन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार