
डिल्ली शाही । ‘कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा’ भने जस्तै छ सिंह भवानी आधारभूत विद्यालयका शिक्षक र कर्मचारीको अवस्था छ । विद्यालयको नाजुक छ अवस्था, समयमा विद्यालयमा पठनपाठन हुँदैन, शिक्षक छैनन, विद्यार्थी छैनन तर तलब भने प्रत्येक महिनामा दिनुपर्ने । यो सरकारी सम्पतीको दुरुपयोग मानिन्छ ।
यो बैजनाथ गाउँपालिका–५, बनकटुवामा रहेको सिंह भवानी आधारभूत विद्यालय । शिक्षक तथा विद्यालय प्रशासनको गम्भीर लापरवाही छ । पठनपाठन व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त छ । नियमन गर्ने शिक्षा शाखा प्रमुख, जनप्रतिनिधि, स्थानिय जनताले के हेरी बसिरहेका छन् ? के सरकारी सम्पती व्यक्तिगत सम्पती जस्तो मनपरी पठनपाठन गरायो नत्र भने घर, विवाह, अन्य वत्रबन्ध, पार्टीका कार्यक्रममा जाने विद्यालय अस्तव्यत गराउने प्रचलन सिंह भवानी आविमा देखियो ।
कोहलपुर टुडेले स्थलगत रिपोटिङ्गमा गएको थियो मंगलबार (माघ २७) करिब ३ बजे विद्यालय बन्द गरेर घर जान लागेका थिए । प्रअ रिनाझारु चौधरी र केही ७/८ जना विद्यार्थी थिए । अन्य शिक्षक र कर्मचारी भने अनुपस्थि थिए तर कर्मचारी र शिक्षकको हाजिरि भने हाजिरी कितावमा भने हाजिरी लगाएका थिए ।
विद्यालय आउने हाजिरी गर्ने घर जाने तलब भत्ता खाने र विद्यार्थीको भविष्य अन्योलमा पार्ने छुट कसैलाई हुँदैन होला तर सिंह भवानी आविमा छुट र मनपरी भेटियो ।
सिंह भवानी आधारभूत विद्यालयका रिनझारु थारुसंग कोहलपुर टुडेले गरेको कुराकानीमा विद्यालयका अधिकांश शिक्षकहरूले विद्यालय समयको पालना नगर्ने र आफुलाई नटेर्ने गर्ने गरेको बताए ।
शिक्षकहरू बिहान हाजिर गरेर कक्षा नलिई घर जाने, ढिलो विद्यालय आउने र नियमित रूपमा विद्यालय नै नआउने गरेको बताए । विद्यालयका प्रधानाध्यापक रिनाझारु चौधरी स्वयं कार्यालय समयभन्दा अगावै विद्यालय बन्द गरी घर जाने गरेको बताए ।
प्रअ चौधरीका अनुसार आज गाउँमा विवाह भएकोले चाँडै विदा गरी घर जान लागेको बताए । विद्यालयका करिब १५/२० जना विद्यार्थी आएको र को कति बेला घर गए थाहा भएन ? उनले भने ।
राहत शिक्षक सुनिता रावलको २२ गते र २५ गतेबाट २७ गतेसम्म नै हाजिरी कितावमा हाजिरी नै छैन । विद्यालयमा नआउनुको कारण समेत उल्लेख नगरी विदामा बसेका वा घरमै बसी बसी तलब खाने गरेको भेटिएको हो ।

अन्य विवरणअनुसार प्रधानाध्यापक रिनाझारु चौधरी, स्थायी शिक्षक कन्हैयालाल थारु र कैलासपति थारु, राहत शिक्षक सुनिता रावल र अनिता चौधरी, शिक्षण–सिकाइ अनुदानमा माधव ओली, गाउँपालिका शिक्षक अनुदानमा उमेश थारु तथा बालविकासतर्फ चन्द्रमा थारु र रामरति थारु रहेका छन् । उक्त विद्यालयमा हाल ८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । तर, स्थलगत अवलोकनमा प्रधानाध्यापक बाहेक अन्य शिक्षकहरू विद्यालयमा हाजिर गरेपछि पूरा समय नबस्ने र समयभन्दा अगावै फर्किने गरेको देखिएको हो ।
विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म करिब १४३ जना विद्यार्थी अध्ययनरत छन् । तर विद्यार्थीको उपस्थिति अत्यन्त न्यून छ । कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरू नियमित विद्यालय नआउने, आएका विद्यार्थीहरू पनि पूरा समय नबसी बीचमै घर फर्किने तथा कतिपय विद्यार्थी कक्षा छाडेर भाग्ने अवस्था छ । शिक्षक स्वयं अनियमित हुँदा विद्यार्थीमा अनुशासन र सिकाइप्रतिको रुचि घट्दै गएको अभिभावकहरूको भनाइ छ ।
अभिभावकहरू भन्छन्, “विद्यालयमा शिक्षक नै नआएपछि बच्चा किन पठाउने ? सरकारी विद्यालयको अवस्था यस्तै भएपछि निजी विद्यालयतर्फ धकेलिन बाध्य भएका छौं।” उनीहरूले गाउँपालिका तथा सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले विभिन्न विद्यालय अनुगमन गरिरहेको बताए । ‘तपाईले जानकारी दिनुभयो अब एक्सनमा जानेछु,’ ढकालले भने, ‘कार्यालयमा निकासाको काम गर्नुपर्छ त्यसैले विद्यालयमा जान सकिरहेको छैन ।’ कुनै मिलोमतो भने छैन तलब दिने विषय र दिवा खाजाको खर्च दिने भनेको विद्यालयको प्रतिवेदन अनुसार विल भुक्तानी दिने गरेको ढकालले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्