सातै प्रदेशमा राप्रपाको अध्यक्ष चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अधिवेशनबाट सातवटै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ ।

प्रदेश १ मा राम थापा, प्रदेश २ मा भरत गिरी, बागमतीमा बिक्रमबहादुर थापा, गण्डकीमा हेमजंग गुरुङ, लुम्बिनीमा प्रदीप उदय, कर्णालीमा दीपबहादुर शाही र सुदूरपश्चिममा धर्मराज जोशी अध्यक्ष चयन भएका महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

प्रदेश अधिवेशनमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि मतदानबाट अध्यक्ष चयन भएका हुन् ।

पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेको राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ ।