सामि परियोजनाको अर्धवार्षिक समिक्षा

कोहलपुर ।

बाँके जिल्लाका चार पालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । शुक्रबार नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको अर्धवार्षिक समिक्षा गरिएको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) का संयोजक मिना चौधरीले बाँके जिल्लामा भएका काम र प्रगतिहरुको विस्तृत रुपमा प्रस्तुतीकरण गरेकी थिइन् । प्रस्तुतीकरणमा उनले आप्रावासी स्रोत केन्द्रमा १०६ जनाको केश प्राप्त भएको बताइन् । जसमध्ये ३४ वटा केशहरुको समस्याको समाधान भएको उनले बताइन् । समाधान भैसकेका व्यक्तिहरुको ३ लाख ८० हजार रुपैयाँ र्फिता पाएको सामी परियोजनाका संयोजक चौधरीले बताइन् ।

यस्तै उनका अनुसार परियोजनाले बाँकेमा ४ हजार ५ सय जनालाई सूचना तथा परामर्श पुरा लक्ष्य राखेको छ । तर अर्धबार्षिकमा नै लक्ष्यको ९५ प्रतिशत पुरा भैसकेको छ । जसमा १२ जना रिटर्नी स्वयमसेवकद्वारा वार्षिक लक्ष्य १० हजार ६ सय ५६ लक्ष्य राखेको छ । जसमध्ये अर्धवार्षिकमा ४ हजार ६ सय ५१ जनाले सेवा प्राप्त गरेका संयोजक उनले जानकारी दिइन् ।

संयोजक चौधरीका अनुसार वित्तिय साक्षरतातर्फ सहभागि छनौटको लागि प्रारम्भीक सर्वेक्षण फारम भरेको संख्या ४ सय ८८, समूह गठन १४, सहभागि छनौट ४ सय ४६, प्रतिबद्धता संकलन फारम ४ सय ५०, आधार रेखा फारम ४ सय २० जना रहेका छन् ।

यस्तै वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक)बाँकेका अध्यक्ष धर्म रोकायले परियोजनामार्फत सूचना, सीप र न्यायमा पहँुच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले बैदेशिक रोजगारको क्रममा निकै समस्या देखिएका छन् ।

जस्तै कम्पनीले काम नदिएको, कम्पनीले खान तथा बस्न नदिएको, करार सम्झौता भन्दा तलब कम दिएको, कम्पनीले काम गरेका अवधिको तलब नदिएको यावत समस्यामा परिरहेको बताए । यस्ता व्यक्तिहरुको समस्या समाधान गर्न सहजीकरणका लागि परियोजना सञ्चालन गरिरहेको रोकायले बताए । यस्तै अर्धबार्षिक समिक्षामा नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ र खजुरा गाउँपालिकाका प्रमुख, उप–प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारीहरुकोे सहभागिता रहेको थियो ।