बृद्धाबृद्ध, बटुक र दृष्टिविहिन विद्यार्थीसँग सुवेदीको जन्मदिन

कोहलपुर ।

नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि, कोहलपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष र लाइन्स क्लब कोहलपुरकी अध्यक्ष संगिता सुवेदीले बृद्धाबृद्ध, बटुक र दृष्टिविहिन विद्यार्थीसँग जन्मदिन मनाएकी छिन् । हरेक वर्ष जस्तै उनले यस वर्ष पनि आफ्नो जन्मदिन बृद्धाबृद्ध, बटुक र दृष्टिविहिन विद्यार्थीसँग मनाएकी हुन् ।

नेपालगञ्जमा रहेको निलसागर वृद्ध आश्रममा रहेका बृद्धाबृद्ध १ सय ५० जना र कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको रामजानकी मन्दिर राधाकृष्ण गुरुकुल विद्यायलमा अध्यनरत विद्यार्थी ६५ जनालाई साँझको खानाका परिकार खुवाएकी छिन् भने कोहलपुर नगरपालिका–१० मा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुसँग केक काटेर जन्मदिन मनाएकी छिन् ।

सुवेदीका अनुसार बृद्धाबृद्ध, बटुक र दृष्टिविहिन विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफ्नै परिवारका सदस्य जस्तो लागेको बताउँछिन् । जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर बृद्धाबृद्ध, बटुक र दृष्टिविहिन बालबालिकाहरुसंग जन्मदिन मनाएको र अरुलाई पनि फजुल खर्च नगरी सामाजिक कार्यमा खर्च गर्न आग्रह गरिन् ।

सो अवसरमा सुवेदीका बुवा आमा र बृद्धाबृद्ध, बटुक र दृष्टिविहिन बालबालिकाहरुले जन्मदिनको शुभकामना दिएका थिए । सामाजसेवालाई आफ्नो धर्म मान्ने सुवेदीले आफ्नो प्रत्येक वर्षको जन्म दिनमा बटुक र दृष्टिबिहिन विद्यार्थी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउने गरेकी छिन् ।

काेहलपुर नगरपालिका वडा नं. १२ मा रहेको रामजानकी मन्दिर राधाकृष्ण गुरुकुल विद्यायलमा पुजापाठ गर्दै भिडियाे ।