कोहलपुर -१२ चपरगौडी शान्तिटोल मसुरी खेतमा दुर्गा मन्दिरको शिलान्यास




कृष्ण शाही, कोहलपुर ।
कोहलपुर -१२ चपरगौडी शान्तिटोल मसुरी खेतमा दुर्गा मन्दिर स्थापनाका लागि शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिका वडा नं -१२ र १३ को लागि दुर्गा मन्दिर स्थापना गरिएको मसुरीकेत निवासी अभियन्ता सुरेन्द्र सापकोटाले जानकारी दिए । उनले भने दुर्गा देविको लागि नेपालगन्जको बागेश्वरी मन्दिर जानुपर्ने र दशैमा ठुलो भिडभाड हुने भएकाले कोहलपुरको लागि सबैलाई पायक पर्ने गरि मन्दिर स्थापना गर्न लागिएको उनले वताए ।


कोहलपुर क्षेत्रमा दुर्गा मन्दिर छैनन् तर शिवमन्दिर, राधाकृष्ण मन्दिर, नारायणको मन्दिर रहेको भएअपनी दुर्गा मन्दिरको अभाव रहेको युवा पन्डित एवम् वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले वताए । उनले वैदिक विधिले शिलान्यास गरिएको भएपनि निर्माण गर्नका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।


स्थानिय समाजसेवि एवम् टोल विकास समितिका अध्यक्ष दामोदर भन्डारीको अध्यक्षतामा दुर्गादेवि मन्दिर समिति बनेकोले सबै सरोकारवाला लाई आ आफ्नो तर्फबाट सहयोग गर्न उनले अपिल गरे । सय थुकि नदि एक थुकी सुकि भने झै मन्दिर निर्माण कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरे ।


केहि वर्ष अगाडि मसुरीखेतमा ॐ कारेश्वर महादेव मन्दिर स्थापना भई महायज्ञ समेत लागेपछि उक्त क्षेत्रमा हरेक वर्ष हुदै आएको डुडुवा खोलामा डुबेर हुने दुर्घटना रोकिएको जानकारी दिए । पछिल्लो समयमा संस्कार र संस्कृतिको जगेर्ना गर्न तथा स्थानीय स्तरमै देवीदेवताका मन्दिर निर्माण भएको समुदायमा नैतिक र आचरण बढी देखिएकाले पनि समाज निर्माणमा सबैको चासो हुनु आवश्यक रहेको समाजसेवीहरुको धारणा रहेको छ । मन्दिर आवश्यक छ । दुर्गा मन्दिर निर्माण गर्न कोहलपुर -१२ बासी लगायत स्थानीय सरकारको पनि उतिकै जिम्मेवारी हुनु आवश्यक रहेको समाजसेवी लेखनाथ भट्टराईको भनाई रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार