डाइमण्ड स्टारले मनायो अभिभावक दिवस (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-१२ मा रहेको डाइमण्ड स्टार ईमि स्कुलले अभिभावक दिवस मनाएको छ । विहिबार कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको प्रमुख अतिथि तथा विद्यालयका संस्थापक सुनिता थापाको सभापतित्वमा अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसमा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक विश्वकर्माले कोहलपुरलाई शैक्षिक हव बनाउन संकल्प रहेको बताउँदै निजी विद्यालयहरुको लगानीलाई समेत संरक्षण हुने गरी निति गरिने बताए ।

कोहलपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्न पाइन्छ भन्ने मानसिकताका साथ आउन र विभिन्न समयमा लिइने परिक्षा प्रणालीलाई समेत कडाईका साथ लिएको विश्वकर्माले बताए । पछिल्लो अवस्थामा कोहलपुर १२ मा रहेको डाइमण्ड स्टार ईमि स्कुल अभिभावकको रोजाई बन्दै गएको भन्दै पालिकाले गर्नुपर्ने दायित्व पछि नहटने विश्वकर्माले दावी गरे ।

यस्तै अभिभावक दिवस कार्यक्रमका सभापति तथा संस्थापक सुनिता थापाले बालबालिकालाई गुणस्तरीय शिक्षा संगसंगै व्यवहारिक तथा नैतिक शिक्षा प्रदान गरिरहेको बताए । आगामी दिनमा समेत थप नयाँ योजना सहित सञ्चालन हुन लागेको भन्दै आफ्ना बालबालिकाहरुलाई डाइमण्ड स्टार ईमिमा भर्ना गर्नुहुन अनुरोध समेत गरिन् ।

डाइमण्ड ईमि स्कुलका प्रबन्ध निर्देशक तिमोथि ताम्राकारले अभिभावकको उत्साहपूर्ण सहभागिता भएको भन्दै प्रशंसा प्रदान गरेका थिए । विद्यालयलाई कोहलपुरकै नमूना विद्यालयको रुपमा विकास गर्ने संकल्प रहेको ताम्राकारले बताए ।

यस्तै विद्यालयका प्रिन्सिपल गिता शर्माले अभिभावक दिवस कार्यक्रमको सञ्चालन गरेकी थिइन् भने बालबालिकाले विभिन्न साँस्कृति नृत्य प्रस्तुत गरेका थिए ।